Logo
|
Friday 26th April 2024
Logo

epaper

​जिका भाइरसले कारलाई असर



जिका भाइरससँग मिल्दोजुल्दो नाम भएपछि भारतीय कार कम्पनी टाटा मोटर्सले बजारमा ल्याउन लागेको जिका कारको नाम परिवर्तन गर्ने भएको छ ।
जिका भाइरसले विश्वव्यापी स्वास्थ्य संकट निम्त्याएको र कम्पनीको सामाजिक उत्तरदायित्वको रुपमा कारको नाम परिवर्तन गर्ने निर्णय गरेको टाटा मोटर्सले जनाएको छ ।
यसअघि जिका कारको नाम परिवर्तन गरेर जिप्पी कार राख्ने भनिएपनि यो नाम पनि जिका भाइरससँग मिल्दोजुल्दो भएपछि कम्पनी अहिले नयाँ नामको खोजीमा छ । टाटा मोटर्सले अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सीलाई जिका कारको प्रचारमा प्रयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्