Logo
|
Thursday 19th September 2019
NEWS PAPER

ग्रान्डी अस्पतालमा काँग्रेसका नेता महतको कुर्कुच्चाको जोर्नी सफल शल्यकृया 



जनस्वास्थ्य सरोकार, काठमाण्डौ । आफ्नै घरमा लडेर घाइते हुनुभएका नेपाली काँग्रेसका नेता तथा पुर्ब अर्थमन्त्री Ramsaran mahatडा.रामशरण महतको कुर्कुच्चाको जोर्नीको शल्यक्रिया गरिएको छ ।

ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका अर्थोपेडिक सर्जन डाक्टर चक्रराज पाण्डे नेतृत्वको डाक्टरहरुको टिमले शुक्रबार बिहान डा. महतको कुर्कुच्चाको सफल शल्यक्रिया गरेको हो ।

डा महतको कुर्कुच्चाको जोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँको उपचारमा संलग्न रहनुभएका अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँको पुर्ण सुस्वास्थ्यको अपेक्षा गरिएको र फिजिकल थेरापिकालागि थप केहिदिन अस्पतालमै राख्नुपर्ने डा. पाण्डेले बताउनुभएको छ ।

गत १७ गते बुधबार अपरान्ह आफ्नै घरको भर्याङबाट लडेर बायाँ गोडामा चोट लागेपछि उहाँलाई तत्काल धापासी स्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएको थियो ।

 

NH
turup
प्रतिक्रिया दिनुहोस्