Logo
|
Thursday 25th April 2024
Logo

epaper

दोश्रो नाउस युरोकन-२०१६



जनस्वास्थ्य सरोकार, काठमाण्डौ । नेपाल एसोसियसन अफ युरोलोजिकल सर्जन्स ‘नाउस’ को आयोनामा आगामी चैत्रkidneys २५ गते / मार्च ७, बिहीवार दोश्रो नाउस युरोक-२०१६ हुने भएको छ ।

हरेक दुई दुई बर्षको अन्तरालमा हुने युरोकोन को यो दोश्रो सम्मेलन हो । सम्मेलनको ‘ प्रि कन्फ्रेन्स लाईभ अपरेटिभ वर्कशप ’ २५ गते बिहिबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा हुनेछ भने २६ गते र २७ गते बैज्ञानिक कार्यपत्रहरुमाथिको छलफल होटल हायातमा हुनेछ ।

प्रि कन्फ्रेन्स बर्कशपमा युरोकोनका साइन्टिफिक चेयरम्यान समेत रहनुभएका बरिष्ठ युरोसर्जन प्रा.डा. प्रेमराज ज्ञवाली सँगै भारतबाट आउनुभएका दुईजना र चीनबाट आउनुभएका एकजना युरोसर्जनरुले ५ वटा शल्यकृया गर्नुहुनेछ ।

उहाँहरुले पाँचवटा रेट्रोग्रेड इन्ट्रा-रेनल सर्जरी र दुइवटा प्रोस्टेट सर्जरी गर्नुहुनेछ जसको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको ११ तल्लामा रहेको अपरेशन थियटरबाट अस्पतालकै दोश्रो तल्ला स्थित सभाकक्षमा प्रत्यक्ष प्रसारण समेत गरिनेछ ।

देश बिदेशका नयाँ युरो-सर्जनहरुलाई युरोलोजिकल सर्जरीको क्षेत्रमा हाँसिल भएका पछिल्ला उपलब्धि र नयाँ प्रबिधिबारे प्रशिक्षण दिने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा नेपाल भारत चीन कुवेत सिंगापुर र न्यूजिल्यान्डका १५० जनाभन्दा बढी युरो सर्जनहरुको सहभागिता रहने समाचारमा जनाईएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्