Logo
|
Saturday 21st September 2019
NEWS PAPER

मेडिकल प्रयोगशाला गाइडलाइन, तपाईको ल्याव कुन वर्गमा ?



अबैध प्याथोलोजी ल्याबहरुको जालमा बिरामी

अहिले बजारमा भुस्याहा कुकुर सरह प्याथोलोजी ल्याब खुलिरहेका छन् । जहाँ बिरामीको ज्यासँग खेलवाड भइरहेको छ भने आर्थिक दोहन पनि त्यत्तिकै भएको छ । यस्ता अवैध प्याथोलोजी सञ्चालकहरुले गरिबलाई लुटेर सम्पत्ति कमाइरहेका छन् । अबैध प्याथोलोजीलाई बढावा दिनमा झोलाछाप चिकित्सकहरुको ठूलो हात छ । यसको मुल कारण कमिसन खोरी हो ।

काठमाडौंको बानेश्वरस्थित एक ल्याबले बिरामीको रोग डायग्नोसिसमा लापरबाही गरेको उजुरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प¥यो । अनुगमनको क्रममा त्यहाँ सहायकस्तरको कर्मचारीले टेक्निसियन भनेर काम गरेको भेटियो । रिपोर्ट हेर्दा रिएजेन्स्हरुको मिति सकिएको थियो । घटना एक वर्ष अघिको हो । गुरुङ थरका ब्यक्तिले त्याहाँ मिर्गौलाको कार्य जाँच गर्ने रहेछन् । तर त्यहाँ गरिएको परीक्षणमा मिर्गौला ठिक भएको रिपोर्ट हुने गथ्र्यो । शुरुमा त उनी ढुक्क थिए । तर समस्याले अलि च्याप्दै गएपछि थप परीक्षणका लागि त्रि.बि.शिक्षण अस्पताल पुगे । त्यहाँ जाँच गर्दा उनको दुवै मिर्गौला फेल भइसकेको रिपोर्ट आयो । सम्बन्धित ल्याबलाई बन्द गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य मन्त्रालयमा सिफारिस पठाइयो । तर मन्त्रालयले कारबाही गर्न सक्दैन । उसले जिल्ला प्रशासन कार्यालयलाई कारबाहीका लागि सिफारिस गर्नुपर्छ । तर गुरुङले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।
यो एउटा उदाहरणमात्र हो । मानिसको जीवनसँग खेलवाड हुने यस्ता घटनाहरु अन्य ल्याबहरुबाट पनि भइरहेका हुनसक्छन् । कुनै व्यक्ति अस्वस्थ भए भएपछि ऊ डाक्टरको भरोसामा अस्पताल जान्छ । डाक्टरको भरोसा तीनै ल्याब हुन्, जहाँबाट बिरामीको रोग पहिचान भएपछि मात्र उपचारको विधि शुरु हुन्छ । जब ल्याबबाटै गलत रिपोर्ट पुग्छ भने डाक्टरले गर्ने उपचारको के अर्थ हुन्छ ? यो प्रश्न होइन अब जनस्वास्थ्यको हितमा बहस बन्नुपर्छ ।
जनस्वास्थ्यसँग गाँसिएको प्याथोलोजी सेवा अचेल व्यापारिकरण भइरहेको र झारा टार्ने हिसाबले समेत कतिपय ल्याबहरु चलिरहेको बिभिन्न अनुगमनका क्रममा पनि भेटिएका छन् । प्याथोलोजी सेवालाई ‘इजी मनी’ कमाउने व्यवसाय बनाउने क्रम रोक्न सम्बद्ध पक्षले नै बढि पहलकदमी लिनुपर्ने देखिन्छ ।
सरकारले कानुन त बनाइदिएको छ तर यसको कार्यन्वयन पक्षमाथि प्रशस्त प्रश्नहरु उठिरहेका छन् । विरामी डाक्टर समक्ष पुगेपछि रोगको पहिचान, निदान, रोकथाम, उपचार, अनुसन्धान र सुझाव सबै प्याथोलोजी रिपोर्टबाट मात्र थाहा हुने भएकाले पनि यसलाई बढि जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । यिनै सुझावका आधारमा राष्ट्रिय प्रयोगशाला नीति २०६९ पारित भएपनि पनि कार्यन्वयनमा आउन सकेको छैन ।

अहिलेसम्म मुलुकभर दर्तामा आएका १४ सय र दर्ता नभएका ३ हजारभन्दा बढी निजी क्षेत्रका प्याथोलोजी ल्याबहरु भएको अनुमान गरिएको छ । हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत २९८ वटा सरकारी प्रयोगशाला रहेका छन् । तिनीहरुले कसरी काम गरिरहेका छन् भन्ने प्रभावकारी अनुगमन भएन भने स्वास्थ्य क्षेत्रमा अराजकता बढ्ने र मानव जीवनमाथि खतरा थपिने देखिन्छ ।
प्रयोगशालाको इतिहास र वर्तमान
बि.सं. २०२१ (सन १९६५) सालदेखि नेपालमा प्रयोगशालाको शुरुवात् वीर अस्पतालको प्याथोलोजी विभागबाट भएको थियो । यसलाई वि.सं. २०३४ मा केन्द्रीय स्वास्थ्य प्रयोगशालामा स्तरोन्नति गरी प्रयोगशालाको विकासमा थप टेवा दिएको पाइन्छ । यसैलाई आधार मानी वि.सं. २०५० सालमा छुट्टै निकायको रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरी सोही अनुसार कार्य हुँदै आएको छ ।
विगतमा प्रयोगशाला सम्बन्धी छुट्टै नीति तर्जुमा भएको थिएन । नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी सेवा प्रदान गरेको थियो । यस बारे छुट्टै नीति निर्माण नभएको भए पनि राष्ट्रिय रक्त सञ्चार नीतिमा भएको व्यवस्था अन्तर्गत रही स्वास्थ्य प्रयोगशालाहरु सञ्चालनमा थिए ।

प्याथोलोजी सेवामा प्रयाप्त अनुसन्धान हुनसकेको छैन । प्याथोलोजी सेवालाई प्रभावकारी बनाउन स्तरीय मेसिनको महत्वपूर्ण भूमिका रहन्छ । हाल सरकारीस्तरमा रहेका ४० जना ल्याब टेक्निकल मेनपावरले यसलाई धान्न सक्ने अवस्था छैन । अहिले कन्ट्र्याक्टमा लिएका गरी ६० जना रहेका छन् । जनशक्तिका लागि ओएमएन सर्बे गरेको भएपनि अहिलेसम्म मन्त्रिपरिषद्ले यसलाई पारित गरेको छैन ।

प्रयोगशाला सञ्चालन गाइडलाइनको व्यवस्था

सरकारी एवं निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य प्रयोगशालालाई प्रभावकारी र समन्वयात्मक रुपमा सञ्चालन गरी आमनागरिकलाई गुणस्तरयुक्त प्रयोगशाला सेवाको पहुँचमा बृद्धि गराउने लक्ष्यका साथ राष्ट्रिय स्वास्थ्य प्रयोगशाला नीति २०६९ जारी भै सकेको र स्वास्थ्य प्रयोगशाला सेवा सञ्चालन सम्बन्धी राष्ट्रिय निर्देशिका २०७२ बनिसकेको छ भने यो चाँडै सञ्चालनमा आउँदैछ । रोगको निदानको लागि प्रयोगशाला सेवाको महत्वपूर्ण भूमिका रहन्छ । तसर्थ प्रयोगशाला सेवालाई गुणस्तरीय तुल्याउनु अत्यावश्यक हुनगएको छ । यसै बिषयलाई सम्बोधन गर्न राष्ट्रिय स्वास्थ्य प्रयोगशाला नीति २०६९ ले प्रयोगशाला सेवाको नियमन, गुणस्तर नियन्त्रण जस्ता क्रियाकलापहरुलाई विशेष जोड दिएको छ । सोही बिषयलाई ध्यानमा राखी प्रयोगशाला सेवालाई थप प्रभावकारी पार्दै समग्र स्वास्थ्य सेवामा टेवा पुर्याउने उदेश्यले यो निर्देशिका तयार पारिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. गीता शाक्य बताउनुहुन्छ ।

विभिन्न औषधि पसलहरुमा नमूना लिएर अरु प्याथोलोजीमा लगेर टेष्ट गर्ने परिपाटीमाथि पटक पटक प्रश्न उठिसकेको छ । यो नियम हटाउन नसक्ने हो भने प्याथोलोजी सेवा बद्नाम हुन सक्छ । एउटा माइक्रोस्कोपसमेत नभएको ठाउँमा ल्याब परीक्षण गर्ने भनेर बोर्ड झुण्डाउने प्रवृतिको अन्त्य गर्न जरुरी देखिएको छ ।
डाक्टरले उपचार ढिलो ग¥यो वा कहिले कहिँ डाक्टरको प्रेस्क्रिप्सन गलत भयो भने पनि बरु विरामी बाँच्न सक्ला तर ल्याबबाटै गल रिपोर्ट आयो भने जे पनि हुन सक्छ । दुवै मिर्गौला फेल भइसकेको व्यक्तिलाई एक वर्षसम्म पटक पटक परीक्षण गर्दा पनि ठिक छ भनेर रिपोर्ट दिने ल्याबले ती व्यक्तिको जीवनमाथि खेलवाड गरेको हो कि होइन ? त्यस्तामाथि कडा कारवाही गर्न सरकार र सम्बद्ध पक्षको सक्रियता आवश्यक छ ।
प्याथोलोजीहरुको गुणस्तरीय र विश्वनियताका लागि सम्बद्ध विषयका विज्ञ र दक्ष जनशक्ति पहिलो शर्त हुन् ।अनुभवहिनलाई प्याथोलोजी जस्तो संवेनदशील ठाउको जिम्मा दिदा विरामीको ज्यान खतरामा पर्न सक्छ । कुनै पनि रोगको पहिचान गर्ने सन्दर्भमा जुनसुकै ल्याबमा टेष्ट गरे पनि रिपोर्टमा एकरुपता हुनुपर्छ । यसमा कहिँ कतै सम्झौता गर्न हुँदैन ।

विश्वसनीयतामा प्रश्न
नेपालका कुनै पनि ल्याबमा गरिएको परीक्षणको रिपोर्टको विश्वसनीयता अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने भयो भने मात्र हाम्रो राष्ट्रिय जनस्वास्थ्य नीति विश्व मापदण्डको हुनेछ । सरकारले प्रयोगशाला सेवा भएका हरेक स्वास्थ्य संस्थामा गुणस्तर जाँच गर्ने निकायको व्यवस्था गर्नुपर्ने सुझाव विज्ञहरुले दिइरहेका छन् । सरकारले अनुगमन, नियमन र गुणस्तर जाँचमा कडाइ गर्ने हो भने गल्ली गल्लीमा खुलेका प्याथोलोजी ल्याबहरु कि त नियम अनुसार गर्न बाध्य हुन्छन् कि बन्द हुन्छन् ।
अहिले नेपालमा गल्ली गल्लीमा प्याथोलोजी ल्याव खुलिरहेका छन् । तर यिनीहरुले दिने सेवाको गुणस्तर र विश्वसनीयतामाथि पर्याप्त बहस भएको छैन । पर्याप्त अनुगमन पनि भएको छैन । यसको मारमा पर्छन् सर्वसाधारण । सेवा दिने भन्दा पनि झारा टारेर पैसा असुल्ने काम त भइरहेको छैन ? यसतर्फ सम्बद्ध निकायहरुको ध्यान पुग्नैपर्छ । किनकी प्याथालोजी सेवा नै रोग पहिचान र निदानको पहिलो माध्यम हो । यहिँबाट गडबडी भयो भने मान्छेको जीवनमै गडबडी हुन्छ ।
प्याथोलोजी सेवामा गुणस्तरीय उपकरणको महत्वपूर्ण भूमिका रहन्छ । यसलाई चलाउन सक्ने दक्ष प्राविधिक अर्को महत्वपूर्ण भाग हो । प्याथोलोजी सेवा दिँदा उपकरणले ठीक काम गरे नगरेको निगरानी राख्नुपर्छ । अन्यथा परीक्षण रिपोर्ट ठीक नआउन सक्छ । यसबाट ल्याव सेवा लिन व्यक्तिले गरेको लगानी बालुवामा पानी हालेजस्तै हुन सक्छ । यति मात्र होइन आवश्यक उपचारको अभावमा व्यक्तिको ज्यान जानसक्ने खतरासमेत रहन्छ । त्यसैले प्रयोगशाला सम्बन्धी राष्ट्रिय नीति बिना सम्झौता लागु गर्न सरकार निर्मम बन्नैपर्छ र सम्बद्ध पक्षले सरकारलाई सघाउनुपर्छ ।

प्याथोलोजीको वर्गिकरण

आमनागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गर्ने प्रयोजनको लागि प्रचलित कानून बमोजिम सरकारी, निजी, सामुदायिक, गैरसरकारी वा सहकारी स्तरमा स्थापना हुने स्वास्थ्य संस्थामा आधारित प्रयोगशालाहरु तथा प्रयोगशाला सेवा मात्र प्रदान गर्ने गरी स्थापना हुने प्रयोगशालाहरुको सेवा सञ्चालन गर्दा पालन गर्नु पर्ने मापदण्ड तथा स्वास्थ्य प्रयोगशाला सेवा सञ्चालन अनुमतिप्रदान गर्ने प्रकृयालाई सरल, सहज, व्यवस्थित तथा प्रभावकारी बनाई स्वास्थ्य प्रयोगशाला सेवा सञ्चालन गर्न वाञ्छनीय भएकोले, सुशासन ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको निर्देशिका बनाएकोछ । अस्पतालहरुमा आधारित भई प्रयोगशाला सेवा सञ्चालनको अनुमति प्राप्त गरेको प्रयोगशालालाई अस्पतालमा आधारित प्रयोगशाला भनिन्छ । अस्पतालहरुमा आधारित नभई प्रयोगशाला सेवा मात्र प्रवाह गर्ने गरी स्थापना भई सञ्चालन अनुमती प्राप्त गरेका प्रयोगशालाहरु र पोली क्लिनिकमा आधारित प्रयोगशालाहरुलाई स्टाण्डएलोनेन प्रयोगशाला भनिन्छ ।प्रयोगशालाहरुको सेवा सुविधाको निरीक्षण गरी उपलव्ध सेवा सुविधा मापदण्ड अनुरुप भए नभएको जाँच गरी लिखित तथ्य पेश गर्ने आधिकारिक निकाय अर्थात प्रमाणीकरण गर्ने निकाय (Accreditation body) हो । अहिले स्वास्थ्य प्रयोगशाला सेवा सञ्चालन सम्बन्धी राष्ट्रिय निर्देशिका २०७२ ले प्रयोगशालाहरुलाई ५ (पाँच) समूहमा ‘ई’ देखि ‘ए’ सम्म वर्गिकरण गरेको छ ।

‘ई’ समूहका प्रयोगशाला

यस समूहमा पर्ने प्रयोगशालाहरु सरकारीस्तरमा हेल्थपोष्टमा आधारित प्रयोगशाला हुन् र यी प्रयोगशालाबाट सामान्य प्रकृतिका परीक्षणहरु हुन्छन् । यो समूहमा पर्ने निजी प्रयोगशालाहरुको हकमा यस समूहको लागि सरकारी प्रयोगशालाहरुलाई तोकिए सरहकै मापदण्डहरु पूरा गर्नुपर्नेछ । यस समूहमा देहायमा उल्लेख गरिए अनुसारका प्रयोगशालाहरुलाई उपसमूहमा विभाजन गरिएकोछ ।
‘E1’ : यस समूहमा हेल्थपोष्टमा आधारित प्रयोगशाला रहेका छन् ।
‘E2’ यस समूहमा प्रयोगशाला सेवा मात्र सञ्चालन गर्ने (Standalone) प्रयोगशाला पर्दछन् । यस समूहका (उपसमूह E1, E2) प्रायोगशालाहरुको लागि देहाय अनुसारका न्यूनतम आवश्यकताहरु तोकिएको छ । यस समूहका प्रायोगशालाहरुको लागि देहाय अनुसारका न्यूनतम आवश्यकताहरु तोकिएको छ ।

Space:        200 sqft or more

Number of rooms:     One to two well separated designated areas

Equipment/consumables/reagent/Kits: As required to perform designated tests. Modern/advanced technology should be adopted.

 Human Resource

A combined image of various micro organisms in colorhttp://195.154.178.81/DATA/istock_collage/0/shoots/785093.jpg

E1

  • Lab Assistant- 1
  • Lab Technician-                  1 or higher qualification as per requirement

E2

  • Lab Assistant with minimum 5 years full time experience in a higher group laboratory/Lab Technician or higher qualification as per requirement .

Services (range of tests)

To be provided by these laboratories include:

  • Hematology: TC, DC, hemoglobin, ESR, bloodgrouping for non-transfusion

            purpose, BT, CT.

  • Biochemistry: Sugar, Urea, Bilirubin T & D, S. Uric Acid
  • Microbiology: Sputum AFB stain (Z-N stain)
  • Tests by RDTs: With simple interpretation
  • Miscellaneous: Routine urine analysis, routine stool analysis, urine pregnancy  test, Stool for reducing substances.

‘डी’ समूहका प्रयोगशाला
यो समूहमा सरकारीस्तरमा प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला पर्ने र सामान्य प्रकृतिका परीक्षणहरु हुने गर्छन् । यो समूहमा पर्ने निजी प्रयोगशालाहरुले सरकारी प्रयोगशालाहरुलाई तोकिए सरहकै मापदण्डहरु पूरा गर्नुपर्नेछ । यस समूहमा देहायमा उल्लेख गरिए अनुसारका प्रयोगशालाहरुलाई उपसमूहमा विभाजन गरिएकोछ ।
‘D1’: प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला,
‘D2: प्रयोगशाला सेवा मात्र सञ्चालन गर्ने (Standalone) प्रयोगशाला ।
यस समूहका (उपसमूह D1, D2) प्रायोगशालाहरुको लागि देहाय अनुसारका न्यूनतम आवश्यकताहरु तोकिएको छः

Space: 300 sq ft or more

Number of rooms: Minimum two or more with designated areas for sample collection, sample processing and reporting

Equipment/consumables/reagent/Kits: As required to perform designated tests. Modern/Advanced technology should be adopted.

Human Resource:

D1:  

  • Lab Assistant 2
  • Lab Technician 1
  • Medical Lab Technologist 1 or higher qualification as per requirement

D2:

  • Lab Assistant 2
  • Laboratory Technician 1 (with minimum 5 years full time experience in a higher group laboratory /Medical Lab Technologist or higher qualification as per requirement

 Services (Range of tests)

To be provided by these laboratories include all the services/tests approved for “E” category (Basic) laboratories plus the following:

  • Hematology: RBC count, PT, Platelet count
  • Biochemistry: SGOT, SGPT, ALP, Total Protein, Albumi
  • Microbiology: Gram stain and KOH mount for fungi
  • Serological tests: RPR, Widal test, ASO Titre, RA Factor, CRP.
  • Tests by RDTs:

All Miscellaneous

            Stool for occult blood, Urine ketone bodies, urobilinogen, bile salt, bile pigment, Bence Jones protein.

‘सी’ समूहूहका प्रयोगगशाला
यो समूहमा पर्ने प्रयोगशालाहरु सरकारीस्तरमा जिल्ला अस्पतालवा सो सरहका अस्पतालहरुमा आधारित प्रयोगशाला हुन्। यो समूहमा पर्ने निजीप्रयोगशालाहरुको हकमा यस समूहको लागि सरकारी प्रयोगशालाहरुलाई तोकिए सरहकै मापदण्डहरु पुरा गर्नु पर्नेछ । यस समूहमा देहायमा उल्लेख गरिए अनुसारका प्रयोगशालाहरुलाई उपसमूहमा विभाजन गरिएकोछ ।
‘C1’: २५ बेडसम्मका जिल्ला अस्पतालमा आधारित प्रयोगशालाहरु/ २५ बेडसम्मका निजी अस्पतालमा आधारित प्रयोगशालाहरु/वैदेशिक रोजागारीमा जानेहरुको स्वास्थ्य परीक्षण गर्ने मेडिकल सेण्टरका प्रयोगशालाहरु पर्दछन् ।

‘C2’: प्रयोगशाला सेवा मात्र सञ्चालन गर्ने (Standalone) प्रयोगशालामा पर्दछन् ।

‘C3’: २६ देखि १०० बेडसम्मका निजी जनरल अस्पतालमा आधारित प्रयोगशालाहरु परेका छन् । यस समूहका (उपसमूह C1, C2, C3) प्रायोगशालाहरुको लागि देहाय अनुसारका न्यूनतम आवश्यकताहरु तोकिएको छः

Space

 

C1 &C2:                   

  • or more
  • Number of rooms: Minimum 3 or more rooms.

C3:

  • 600 sqft or more
  • Number of rooms: Minimum 4 or more rooms according to the work load.

Equipment/consumables/reagent/Kits: As required to perform designated tests. Modern/advanced technology should be adopted.

Human Resource

C1

  • Lab Assistant-             2
  • Lab Technician- 3
  • Medical Lab Technologist 1
  • Pathologist- 1

C2

  • Lab Assistant- 2
  • Lab Technician- 3
  • Medical Lab Technologist 1
  • Pathologist- 1

C3

  • Lab Assistant- 3
  • Lab Technician- 6
  • Medical Lab Technologist-            2
  • Biochemist- 1
  • Microbiologist- 1
  • Pathologist- 1

Services (range of tests)

            To be provided by these laboratories include all the services/tests approved for     “D” category (Intermediate) laboratories plus the following:

  • Hematology: Absolute counts, Red cell indices, Blood grouping for transfusion

            purpose, Cross matching, and reticulocyte count.

  • Biochemistry: All routine biochemical tests like lipid profile, Cardiac Enzymes,

            Liver Function Test (Bilirubin T&D, SGOT, SGPT, Alkaline Phosphates, Total        protein, Albumin), Renal Function Test (Urea, Creatinine, Sodium,     Potassium,Thyroid Function Test ( T3, T4, TSH)

  • Microbiology: All Routine bacteriology culture, ELISA for infectious disease,

            e.g.: HIV, HBsAg, HCV, etc.

  • Specialized Tests: Bone marrow study, histocytopathology
  • Miscellaneous: CSF and body fluid analysis, Semen analysis. To be Performed by Pathologists.

‘बी’ समूहूहका प्रयागशाला
यो समूहमा पर्ने प्रयोगशालाहरु सरकारीस्तरमा अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पतालहरुमा आधारित प्रयोगशाला हुन् । यो समूहमा पर्ने निजी प्रयोगशालाहरुको हकमा सरकारी प्रयोगशालाहरुलाई तोकिए सरहकै मापदण्डहरु पूरा गर्नुपर्नेछ । यस समूहमा अञ्चल अस्पताल, उपक्षेत्रीय अस्पताल, १०१ देखि २०० बेडसम्मका जनरल अस्पतालहरु, ५० बेडसम्मका विशेषज्ञ सेवा प्रवाह गर्ने अस्पतालहरुमा आधारित प्रयोगशालाहरु पर्दछन् । यस समूहका प्रयोगशालाहरुलाई देहाय बमोजिम उपसमूहमा विभाजन गरिएकोछ ।
‘B1’: उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा आधारित प्रयोगशालाहरु पर्दछन् ।
‘B2’: प्रयोगशाला सेवा मात्र सञ्चालन गर्ने (Standalone) प्रयोगशाला छन् ।
‘B3’: १०१ देखी २०० बेडसम्मका निजी जनरल अस्पतालमा आधारित प्रयोगशालाहरु हुन् ।
‘B4’: ५० बेडसम्मका विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका प्रयोगशालाहरु हुन् ।
(स्वास्थ्य सेवामा कुनै एउटा विशेषज्ञ सेवा प्रदान गर्ने गरी स्थापना भएका अस्पतालका
प्रयोगशालाहरु जस्तैः Oncology, Cardiology, Nephrology, Endocrinology, आदि।
‘B5’: अनुसन्धान प्रयोगशाला रहेका छन् ।
यी समूहका (उपसमूह B1, B2, B3, B4, B5) प्रयोगशालाहरुको लागि देहाय अनुसारका न्यूनतम आवश्यकताहरु तोकिएको छ ।

Space: 1000 sq ft or more.

Number of rooms: Adequate rooms required for all specialized laboratory services (depending on type of services). It will include minimum of three disciplines or more as per requirement. The four essential disciplines are microbiology, Histo Cytology, haematology and biochemistry. There should be adequate space for Sample collection,Information/reception/cash counter, reporting room, QC unit, library, meeting hall and office of the laboratory heads.

Equipment/consumables/reagent/Kits: As required to perform designated tests.

Modern/advanced technology should be adopted.

Human Resource (B1, B2, B3, B5)

  • Lab Assistant- 4
  • Lab Technician-                 6
  • Medical Lab Technologist- 4
  • Pathologist- 2
  • Microbiologist MD- 1
  • Microbiologist- 1
  • Biochemist MD- 1
  • Biochemist- 1 or higher qualification

B4

  • Lab Assistant- 4
  • Lab Technician- 6
  • Medical Lab Technologist- 4
  • Pathologist- 1 and specialized personnel in particular discipline of     laboratory medicine or higher qualification.

Services (range of tests)

            To be provided by these laboratories include all the services/tests approved for “C” category (Standard) laboratories. In addition, these specialized laboratories can provide all services including Coagulation profile, hormone analysis, Immuno-histo chemistry (IHC), Tumor markers, Advance C/S (anaerobic culture, fungus culture), hemolytic profile, microbiology test perform by ELISA/CLIA technique and basic molecular techniques for diagnostic purpose as per requirement. In case of B4 Category Hospitals, service will be varied on the nature of the hospital service.

‘ए’समूहका प्रयोेगशाला
यो समूहमा पर्ने प्रयोगशालाहरुले अति–बिशिष्ट प्रयोगशाला सेवा प्रदान गर्नेछन् र यी प्रयोगशालाहरु सरकारी÷स्वायत्त र केन्द्रीय तहका सरकारी अस्पतालमा आधारित हुनेछन् । यो समूहमा पर्ने निजी प्रयोगशालाहरुले यस समूहको लागि सरकारी प्रयोगशालाहरुलाई तोकिए सरहकै मापदण्डहरु पूरा गर्नुपर्नेछ । यस समूहका प्रयोगशालाहरुलाई देहाय बमोजिम उपसमूहमा विभाजन गरिएकोछ ।

A1

A1a: यस समूहमा केन्द्रीय र क्षेत्रीय अस्पतालमा आधारित प्रयोगशाला तथा २०० बेड भन्दा माथिका निजी अस्पतालमा आधारित प्रयोगशालाहरु पर्दछन् ।
‘A1b’: यस समूहमा मेडिकल कलेज तथा शिक्षण अस्पतालहरुमा आधारित प्रयोगशालाहरु रहेका छन् ।
‘A2’: यस समूहमा प्रयोगशाला सेवा मात्र सञ्चालन गर्ने (Standalone) प्रयोगशाला पर्दछन् ।
‘A3’: यस समूहमा प्रेषण प्रयोगशाला पर्दछन् ।
‘A3a’: यस समूहमा प्रेषण प्रयोगशाला(Referral Lab) रहेका छन् ।
‘A3b’: यस समूहमा बाह्य प्रेषण प्रयोगशाला (External Referral Lab) पर्दछन् ।
‘A4’: यस समूहमा अति–विशिष्ट प्रयोगशाला (Super-specialized lab) रहेका छन् ।
‘A5’: अनुसन्धान प्रयोगशाला ९च्भकभबचअज ी(Research Laboratory)
यस समूह/उपसमूहका प्रायोगशालाहरुले लागि देहाय बमोजिमको मापदण्ड/पूर्वाधारद पुरा गरेको हुनु पर्नेछ

Space (A1a, A2, A3)

  • 2000 sq ft or more (depending upon the number of specialized services). These Laboratories should include at least 4 or more departments/disciplines as per requirement. Besides these departments, there should be adequate space for sample collection, Information/reception/cash counter, reporting room, QC unit, library, meeting hall and office of the laboratory heads.

 

  • For A1b: 1000sq ft for each department; and separate department for histocytology, microbiology, biochemistry, hematology.
  • A4 and A5: 1000 sq ft or more (depending upon the number of superspecialized services and are of research).

 

Designated areas: As per nature of service.

 

Number of rooms: Adequate rooms required for all super-specialized laboratory services.

 

Equipment/consumables/reagent/Kits: As required to perform designated tests and expected advanced technologies.

Human Resource (A1a, A2 and A3)

  • Lab Assistant- 6
  • Lab Technician- 10
  • Medical Lab Technologist- 6
  • Pathologist- 1-2
  • Microbiologist MD-              1
  • Microbiologist- 1
  • Biochemist MD- 1
  • Biochemist-1 or higher qualification

 

A1b: as per requirement pf Nepal Medical Council.

A4 and A5: Qualified lab staff according to specialization of the lab. eg: superspecialist-1 or according to the nature of work as in other A category laboratories and number of technical manpower- as per the work-load and nature of work but should be more than the “B” category lab.

 

Services (range of tests): A1, A2 and A3 Laboratories will provide advance level/sophisticated technologies in all the services/tests approved for “B” category (Specialized) laboratories. In addition to this, some special tests services provided

by “A” category lab include super-specialized services in different disciplines. A4 and A5; Service will depend on the nature of the laboratory services. Additional human resources must be available as per the specialized/superspecialized services (work load, number of beds, etc.)

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको जनस्वास्थ्य प्रयोगशालाको साथसाथै सरकारीस्तरको प्रेषण प्रयोगशालाको कार्य समेत गर्दै आएको छ । यस प्रयोगशालालाई देशभर सञ्चालनमा रहेको प्रयोगशालाहरु (सरकारी र निजी) तथा बाह्य प्रेषण प्रयोगशालाहरुको नियमन (दर्ता तथा सञ्चालन अनुमति) को जिम्मेवारी समेत रहेको छ । यस प्रयोगशालाले प्रयोगशालामा आधारित निगरानी (Surveillances) कार्यको लागि एच.आई.भि. प्रेषण प्रयोगशाला, नेशनल इन्फुल्यन्जा सेण्टर, महामारीको अनुसन्धान Highcontainment laboratory services जस्तै biosafety level (BSL)-3 (घ स्तरको प्रयोगशाला सेवा समेत सञ्चालन गरी जनस्वास्थ्य क्षेत्रमा निदान सेवाको centre of excellence को रुपमा कार्य गर्नेछ । यस प्रयोगशालाले अन्य सरकारी अस्पतालहरुमा आधारित प्रयोगशालाहरुका साथसाथै निजी अस्पतालमा आधारित प्रयोगशालाहरु वा शिक्षण अस्पतालमा वा मेडिकल सेण्टरहरुमा आधारित प्रयोगशाला तथा प्रयोगशाला सेवा मात्र प्रवाह गर्ने गरी स्थापना भएका प्रयोगशालाहरुलाई चिकित्सकीय निदान सेवामा थप जिम्मेवार बनाउदै लैजाने छ ।

-पुरुषोत्तम घिमिरे

NH
turup
प्रतिक्रिया दिनुहोस्