Logo
|
Tuesday 17th September 2019
NEWS PAPER

करियर-मृगेन्द्र मेहेर श्रेष्ठ



मेरो पारिवारीक पृष्ठभुमि यो पेशासँग सम्बन्धित थिएन । तै पनि कलेजमा अध्ययन गर्ने साथीभाइले औषधि व्यवसायमा इज्जत, मान
प्रतिष्ठा जोडिएको, बिरामीलाई सेवा गर्ने मौका पाइने र आम्दानी पनि हुने संभावना बताएकाले औषधि व्यवसाय गर्ने अठोट लिएँ र औषधितिर नै करियर बनाउने संकल्प गरेँ ।

नेपालमा करिब २८ हजार औषधि व्यवसायी छन् । यसमा खुद्रा पसल, (थोक) होलसेल, आयात गर्नेहरु सबै पर्छन् । मुलुकमा हरेक वर्ष २८ अर्बको हाराहारीमा औषधि खरिद हुने गर्छ । ओरेन्टेसन तालिम लिएकाहरुबाट धेरै औषधि बिकिरहेका छन् । यस्ता व्यक्ति करिब ९० प्रतिशतको हाराहारीमा छन् । बी फर्मा, डी फर्मा र एम फर्मा अध्ययन गरेकाहरुमध्ये कतिपयले आफ्नो प्रमाणपत्र बेचेर खाइरहेको अवस्था छ । उनीहरुले आफ्नो नामको औषधि पसल खोल्ने र आफु भने अन्यन्त्र जागिर गर्ने लगायतका कार्य गरेको पाइएको छ । अरुको नामबाट सञ्चालित औषधि पसललाई निरीक्षण गरी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

देखेर मात्र के हुन्थ्यो, लेखेको मात्र आफ्नो हुने रहेछ । व्यक्तिको पहिचान उसको कर्मसँग जोडिएको हुन्छ । लगन, मेहनत, निष्ठा र निरन्तरताले व्यक्तिलाई सफल व्यवसायी बनाउँछ भन्ने उदाहरण बन्नुभएको छ नेपाल औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठ । औषधि व्यवसाय मृगेन्द्रको पारिवारिक पृष्ठभूमिसँग सम्बन्धित छैन । चिकित्सक बन्न साइन्स पढेको मान्छे साथीभाइको प्रेरणा र सल्लाहबाट औषधि व्यवसायलाई आफ्नो करियर बनाउन सफल हुनुभयो । शंकरापुर फर्मास्युटीकल्स प्रा.लि.बाट औषधिको व्यसाय गरेको पनि करिब ३ दशक बिताइसक्नुभएको छ उहाँले । अझै पनि मृगेन्द्रसँग काम गर्ने निकै ठूलो जोश र जाँगर छ । यति मात्र होइन समग्र औषधि व्यवसायलाई व्यवस्थित बनाउन लागिपर्नुभएको छ मृगेन्द्र मेहेर । प्रस्तुत छ – जनस्वास्थ्य सरोकारको यस अंकमा औषधि व्यवसायमा जमेका मृगेन्द्रले बनाउनु भएको करियर अनि औषधि व्यवसायलाई व्यवस्थित बनाउन गरेका प्रयास उहाँकै शब्दमा…।
व्यवसायीक प्रेरणा
बि.सं २०४४ सालबाट औषधि व्यवसाय शुरु गरेँ । मेरो पारिवारीक पृष्ठभुमि यो पेशासँग सम्बन्धित थिएन । तै पनि कलेजमा अध्ययन गर्ने साथीभाइले औषधि व्यवसायमा इज्जत, मान प्रतिष्ठा जोडिएको, बिरामीलाई सेवा गर्ने मौका पाइने र आम्दानी पनि हुने संभावना बताएकाले औषधि व्यवसाय गर्ने अठोट लिएँ र औषधितिर नै करियर बनाउने संकल्प गरेँ । औषधि व्यवसाय शुरु गर्दा त्रिचन्द्र कलेजमा विज्ञान विषयमा स्नातक अध्ययन गर्दै थिएँ ।
डाक्टर बन्ने सोच
शुरुका दिनमा मलाई औषधि व्यवसायको त्यति ज्ञान थिएन । जब औषधि व्यवसाय शुरु गरेँ, निकै संघर्ष गर्नुप¥यो । कलेजमा विज्ञान विषयमा मास्टर्स पनि गर्दै थिएँ । कलेज पनि अध्ययन गर्नुपर्ने, अनि व्यवसाय पनि चलाउनुपर्दा धेरै गाह«ो हुन्थ्यो । त्यसपछि औषधि व्यवसाय सञ्चालन गर्न मैले आरेन्टेसन तालिम लिएँ । यसले व्यवसायमा केहि सहजता मिल्यो । त्यो बेला मैले वातावरण र जनस्वास्थ्य विषयमा नयाँ दिल्लीबाट एक बर्षे कोर्ष पनि पूरा गरेँ । सोच त मेरो डाक्टर बन्ने थियो तर संजोगले औषधिको क्षेत्र नै छनौटमा प¥यो । डाक्टरी सेवा दिन नपाए पनि औषधिको सेवा दिन पाएको छु । यसैमा आफूलाई गर्व लाग्छ ।
सस्तो र सुलभ औषधिको चाहना
शुरुका वर्षहरुमा औषधिको क्षेत्रमा काम गर्दा इज्जत र मान हुन्थ्यो । औषधि पसल पनि धेरै थिएनन् । विगतमा मैले जुन इच्छा र आकांक्षा बोकेर आएको थिएँ । त्यो पूरा भएको महसुस गरेको छु । औषधि व्यवसायीहरुले विश्वास गरेर अध्यक्षमा जिताउनुभएको छ । उहाँहरुको विश्वास अनुरुप व्ययसायीक हकहितको उत्थान र सुरक्षाका लागि डटेर अघि बढ्दै जाने छु । सम्पूर्ण नेपाली जनतालाई सस्तो र सुलभ तरिकाले औषधि उपलब्ध होस् भन्ने हाम्रो चाहना हो । पुर्व मेचिदेखी पश्चिम महाकालीसम्मका नागरिकहरुले समयमै औषधि उपभोग गर्न पाउनुपर्छ । औषधि अभावका कारण कसैको ज्यान जान हुँदैन ।
आफ्ना गुण र अवगुण
म चाँडै साथीभाइहरुलाई विश्वास गर्छु र तत्काल सहयोगको प्रतिवद्धता जनाइहाल्छु । यो बानीले ३—४ पटक धोका पनि खाइसकेको छु । म सकारात्मक विचार बोकेको व्यक्ति हुँ ।
आत्मनिर्भरता र रोडम्याप
करिब ५—६ महिना अगाडि भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले धेरै क्षेत्र प्रवाहित भए । औषधि बोकेका सवारीसाधनमा तोडफोड र आगजनी भए । तापनि हामीले औषधिको अभाव हुन दिएनौं । औषधिमा कालो बजारी हुनबाट सकेसम्म रोक्यौं । यसबाट हामीले आत्मनिर्भर हुनुपर्ने पाठ सिकेका छौं । अहिले मुलुकमा सञ्चालनमा रहेका नेपाली औषधि कम्पनिहरुले इन्जेक्टेबल औषधि उत्पादन गर्न निकै जरुरी भएको छ । औषधि व्यवसायलाई पनि व्यस्थित गर्नुपर्छ । स्थान पहिचान गरेर मात्र औषधि पसल खोल्न दिने प्रावधान हुनुपर्छ ।यसका लागि रोडम्याप नै बनाउनुपर्छ । आवश्यक ठाउँमा औषधि पसल हुँदैनन् । नचाहिने ठाउँमा धेरै औषधि पसल खुलेका छन् । त्यसैले एकै ठाउँमा धेरै औषधि पसल हुन भन्दा पनि कम्तीमा २ किलोमिटरको दूरीमा औषधि पसल खुल्नु राम्रो हुन्छ । यसबाट धेरै स्थानीयले सुविधा पाउन सक्ने वातवरण बन्छ । औषधि व्यक्तिको जिवन मरणसँग गाँसिएको क्षेत्र भएकाले मापदण्ड अनुसार सञ्चालन हुनुपर्छ ।
भिटामीन ए, एमोक्सिलीन, आई ड्रप लगायतका धेरै औषधिहरु बाहिरबाट ल्याउनुपर्दैन । स्वदेशी कम्पनिका उत्पादनहरुले धानिरहेका छन् । हामी व्यवसायीहरुले स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्राथमिकता दिनुपर्छ । तर हाम्रो चाहना स्वदेशी कम्पनिहरुले लाईफ सेभिङ्ग ईन्जेक्सन, भ्याक्सीनलगायतका उत्पादन पनि गरुन् भन्ने हो । यसले परनिर्भरता हुनु पर्दैन । मुलुकमा यस किसिमका औषधिहरु उत्पादन हुन थाले भने आयाति औषधि विस्तारै विस्थापीत हुँदै जान्छन् ।

अवको व्यवसायीक कदम
औषधि क्षेत्रमा व्यवसायीहरुको धेरै लगानी छ । हामी त्यसैले गुणस्तरीय सेवा दिन औषधि व्यवसायीहरुलाई थप तालिम दिन जरुरी छ । औषधि पसलको पहुँच सबै ठाउँमा हुनुपर्छ । नेपालका सम्पुर्ण दुर्गम क्षेत्र हुम्ला, जुम्ला, मुगु, रोल्पा लगायत जिल्लाका व्यक्तिहरुले पनि सहज रुपमा औषधि उपभोग गर्न पाउनुपर्छ । यो उनीहरुको नैसर्गिक अधिकार हो ।

NH
turup
प्रतिक्रिया दिनुहोस्