Logo
|
Wednesday 26th February 2020
NEWS PAPER

लिंग पहिचानले बढायो जोखिम



Health News

जिल्लामा अवैधरुपमा गर्भपतन गराउनेहरुको संख्यामा बृद्धि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय परिवार नियोजन शाखा प्रमुख योगन्द्र पासवानका अनुसार, जिल्लामा करिब २० प्रतिशतले लिंग पहिचान गरी असुरक्षित गर्भपतन गराउनेहरुको संख्यामा बृद्धि भएको हो । हाल धनुषामा रहेका १४ वटा सुरक्षित गर्भपतन गराउने सरकारको आधिकारिक केन्द्रहरुबाट करिब ५ प्रतिशतले मात्र सुरक्षित गर्भपतन गराएका छन् । लिङ्ग पहिचान गरेर गर्भपतन गराउन नपाइने कानुनी बन्देज भएकाले लुकीछिपी गर्भपतन गराउने गरेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्