Logo
|
Friday 26th April 2024
Logo

epaper

‘खाना खानुभयो ?’ सार्वजनिक



हाम्रो भान्सामा पाक्ने र पकाउन सकिने परिकारबारे नेपाली घर बस्तीमा धेरै भ्रम पाइन्छन् । के खाने ? नखाने ? अनि यस्ता सामान्य चिजले पनि फाइदा दिन्छ ? जस्ता प्रश्नको बाढी नै लाग्छ । तर यथार्थमा हाम्रै भान्सामा पाक्ने चिज हो जसले अत्यधिक पोषण प्रदान गरिरहेको हुन्छ । यसरी हाम्रा भान्साबारे बजारका भ्रम चिर्न ‘खाना खानुभयो?’ नामक पुस्तक प्रकाशित भएको छ ।

जनस्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेति र स्वास्थ्य एवं वातावरणलगायतका सामाजिक मुद्धामा केन्द्रित रहेर कमल चलाउने वरिष्ठ पत्रकार लक्ष्मण अधिकारीको लेखनमा पब्लिकेन्स नेपालय नामक प्रकाशन गृहले सो पुस्तक बजारमा ल्याएको हो । यस पुस्तकमा चिसो पेयको फेल, गोरो बनाउने क्रिमको कालो कथा, शक्ति क्षीण बनाउने इनर्जी ड्रिङ्स, जङ्क फूडको जगजगी, रक्तअल्पता त भएको छैन ? चिनी रोगहरुको कारक, मोटोपनले मार्ला है !, विज्ञापनको प्रभावले विवेक गुमाउँदै उपभोक्ता, ओहो औषधि ! हत्तेरिका औषधि !, स्वस्थ रहन सन्तुलित आहार, खाद्य मिसावटले पीडित उपभोक्ता, रैथाने ज्ञान र औषधि, तीतो मेथी र करेलाको मीठोपन, घामको महत्व, हामीले हेपेका खाद्यवस्तुलगयतका उप—शीर्षकमा पूर्ण रुपमा जानकारी उपलब्ध छ । राजधानीमा एक कार्यक्रमबीच डा. उप्रेतिले आफ्नी बृद्धा आमालाई हस्तारन्तरण गर्दै पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले यो पुस्तक सामान्य लेखपढ गर्नसक्ने व्यक्तिले समेत सहज र सरल तरिकाले अध्ययन गर्नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो—‘हाम्रा करेसाबारीमा उब्जेका चिजको बेवास्ता गरेर विभिन्न चक्की खुवाउने सरकारी नीतिलाई चुनौति दिएको छ ।’ लेखक डा. उप्रेतिले आफ्नी हजुरआमा र आमाको भान्सा नै पोषणसम्बन्धि ज्ञान प्राप्त गरेको विश्वविद्यालय भएको बताउनुभयो । उहाँले भन्नुभयो—‘खानपानबारे पाठकका थप जिज्ञासाहरु मेट्न यो पुस्तक लेख्न प्रेरित ग¥यो ।’ पुस्तकका लेखक एवं वरिष्ठ पत्रकार लक्ष्मण अधिकारीले वातावरण र स्वास्थ्यका मुद्धा बारे लेख्दालेख्दै यो पुस्तक लेखनसम्म पु¥याएको स्पष्ट पार्नुभयो ।

औषधिको विकल्पमा पुग्नुभन्दा पहिला नै हाम्रा भान्छामा पाक्ने खानाको महत्वबारे पब्लिकेसन्स नेपालयले प्रस्तुत गरेको स्वास्थ्य सम्बन्धि यो तेस्रो पुस्तक हो । १५ वटा विभिन्न उप—शीर्षकमा तयार पारिएको यो पुस्तक २०५ पृष्ठको छ । तीन सय ४५ रुपियाँ मूल्य राखिएको यसलाई सबैजसो प्रमुख पुस्तक पसलहरुमा उपलब्ध गराइ सकिएको पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्