Logo
|
Tuesday 22nd October 2019
NEWS PAPER

बायोमेडिकल इन्जिनियरिङमा अस्मिता कार्कीको करियर



अस्मिता कार्की / बायोमेडिकल इन्जिनियर

डाक्टर र मेडिकल स्टाफले बुझ्ने भाषामा मेसिन चलाइदिएर बिरामी र डाक्टरको जीवन सहज बनाउने ब्यक्ति बायो मेडिकल इन्जिनियर हो । बायोमेडिकल इन्जिनियरले डाक्टर र मेडिकल स्टाफको मेडिकल भाषा बुझ्नुपर्छ ।
दुईवर्ष अगाडि बायोमेडिकल इन्जिनियरिङमा स्नातक परीक्षा दिएको एक महिनादेखि नै काम शुरु गरेको थिएँ । त्यो बेला म रिजल्टको पकाईका थिएँ । तर हिमालयन मेडिटेकमा काम गर्ने अवसर पाएँ । त्यतिबेला बायोमेडिकल इन्जिनियरको काम र परिवेश बुझ्ने र सिक्ने मौका मिल्यो । त्यही बेलादेखि मेरो करियर शुरु भयो । म न्युरो डिजिनका लागि छनौट भएँ । मेट्रोनिक कम्पनिको ड्रिल, नेभिगेसन सिस्टम र नर्भस् मोनिटरिङ सिस्टममा तालिम लिँदै गएँ । शुरुमा स्व. प्रा.डा. उपेन्द्र देवकोटासँग मेरो पहिलो अपरेशन रुम (ओआर) को अनुभव लिने मौका मिल्यो । त्यो बेला न्युरो नेभिगेसन सिस्टम चलाएको थिएँ ।

राष्ट्रिय ट्रमा सेन्टरमा नविनतम मोडेलको नर्भ मोनिटरिङ सिस्टम ल्याएपछि वरिष्ठ स्पाइन सर्जन डा. गौरवराज ढकालसँग काम गर्दै थप सिक्ने मौका पाएँ । हुन त वीर अस्पतालमा सन् २००९ मा नर्भ मोनिटरिङ प्रविधिको पुरानो मोडल आइसकेको थियो । तर राम्रो सँग प्रयोगमा ल्याउन सकेको थिएन । चिकित्सकहरुको अनुमति मागेर यो सिस्टम राम्रो सँग सञ्चालनमा ल्याएँ । यसरी मेरो पहलमा नेपालभरमा ७ वटा नविनतम मोडेलको नर्भ मोनिटरिङ सिस्टम जडान भइसकेको छ । यो सिस्टम न्युरो र स्पाइन सर्जरीमा महत्वपूर्ण हुन्छ । सर्जरीको प्रकार अनुुुसार इलेक्ट्रोड्सको उचित प्लेसमेटमा मद्धत गर्नेदेखि सिज्नल अध्ययन र इन्टपिट गरेर सर्जनहरुलाई सोही अनुसार मद्धत पुर्याउने गरेकोे छु । नेपालको पहिलो नर्भस् मोनिटरिङ सिस्टम चलाउने बायोमेडिकल इन्जिनियर भएको नाताले जिम्मेवारी पनि महसुस गरेकी छु ।
न्युरो स्पाइन सर्जरीको शल्यक्रिया कक्षमा मैले कम्तिमा पनि ५ देखि १६—१७ घण्टासम्म समय बिताएको छु । यसमा मेरो आमाले मलाई मद्धत गर्नुभयो । सायद कामको महत्व नबुझेर होला पटक पटक आफ्नो घरमात्र नभई कार्यस्थलका सदस्यलाई समेत बुझाइ रहन पथ्र्यो । मेलै मेरो विवाहमा पनि तीन दिन मात्र छुट्टी लिएको थिएँ किनकी कामलाई असाध्यै माया गर्छु । तर सबैले यो कुरा नबुझ्दा पटक पटक जवाफ दिनुपर्ने बाद्यता हुन्छ । जे होस् न्युरो/स्पाइन सर्जन सँगबसेर धेरै काम गरेको छु । उहाँहरुले मलाई प्रोत्साहन गर्नुहुन्छ । यसबाट खुशी लाग्छ । वीर अस्पताल र मेडिसिटी त झन् आफ्नै परिवार जस्तै लाग्छ । प्रा. डा.गोपाल रमण शर्मा, प्रा. डा. राजीव झा, प्रा. डा. प्रकाश विष्टहरुले दिने हिम्मत र प्रोत्साहनको लागि म आजीवन आभारी छु ।
नर्भ मोनिटरिङ सिस्टम के हो ?
नर्भ मोनिटरिङ सिस्टम भनेको नसाको इनट्याक्टनेस सर्जरी हुँदै गर्दा चेक गर्ने मेसिन हो । यस मेसिनको प्रयोगले सर्जनले न्युरोन्स्लाई हानी नपु¥याई सर्जरी गर्न मद्धत गर्छ । यो सिस्टमले न्युरोन्सलाई हानी हुन लगेको संकेत दिन्छ । ट्युमर र ट्रमाजस्ता घटनाहरुमा सर्जनलाई न्युरोन्सको गतिविधि थाहा दिई अझ निर्धक्क सर्जरी गर्न मद्धत पुर्याउँछ । यस प्रकारको सेवा वीर अस्पताल, नेपाल मेटिसिटी, केएमसी हस्पिटल, टिचिङ हस्पिटल र नोबेल हस्पिटलमा छ । म आफै संलग्न भएर डेढ वर्षमा २५० भन्दा माथि केसहरु भइसकेको छ । जसमा वीर अस्पतालमा सबैभन्दा धेरै केस भएको छ । नर्भ मोनिटरिङ सिस्टम CP Angle Tumor, Scoliosis,Kyphosis, Spondylolisthesis, Alomas,Brachial Felsus surgery, Tether Cord, Epilepsy, Intra Dural Extral Extra Medulary Tumor  Internal, Pedicle screw Fixation  लगायतका सर्जरीहरुमा प्रयोग भएको छ ।
Neuro/ Gastro/ Ent/ Trauma/ CCU/ Transfusion Technology, Physio therapy/ Uro / Waste management गरि विभिन्न डिभिजन छन् । यसमा Neuro division  को Head of department  को रुपमा काम गरिरहेको छु । म Application part / technical part  हेर्छु ।Medtronix, PMI र हालैZeiss Microscope का विभिन्न Equipment  मा Trained छु । Nerve Monitoring मा साउथ एसिया Topper पनि हो । (कार्की हिमालयन मेडिटेकमा कार्यरत हुनुहुन्छ ।)

NH
Health News
प्रतिक्रिया दिनुहोस्