Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्यकर्मीको भुलचुकले वर्षमा २ लाख ५० हजार बिरामीको मृत्यु : बिरामीको सुरक्षा विषयक अन्तर्राष्ट्रिय गोष्ठि हुने



ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालले ‘बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास’ शीर्षकमा दुई दिने अन्तर्राष्ट्रिय गोष्ठि आयोजना गर्ने भएको छ ।
सामाजिक उत्तरदायित्वका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा ग्रुपअफ टेक्निकल असिस्टेन्ससँगको सहकार्यमा असार १३ र १४ गते सो गोष्ठि हुने अस्पतालले जनाएको छ ।
गोष्ठिमा माननीय उप–प्रधान तथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीहरुको प्रमुख आतिथ्यता रहनेछ ।
बिरामीहरुको स्वास्थ्यमा प्रभाव पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष क्रियाकलापहरुबारे जान्ने अवसर यस सम्मेलनमा सहभागीहुनेले पाउने छन् ।
बिरामीहरुको सुरक्षाका विषयमा स्वास्थ्यकर्मीहरुबीच अन्तरक्रिया गर्दै यसको बृहद् विकासका लागी सल्लाह, सुझाव र प्रतिक्रियाहरु संकलन गरिने छ ।
उत्साहजनक सहभागिता देखाइएको यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञद्वारा मौखिक प्रस्तुति, पोष्टर प्रस्तुति, कि नोट सम्बोधन तथा प्यानल डिस्कसन हुने छ ।
विश्व स्वास्थ्य संगठन, अमेरिका, बेलायत, जर्मनी, खाडी मुलुक, भारत लगायतका विभिन्न स्थानबाट स्वास्थ्यक्षेत्रको नेतृत्वतहका प्रतिनिधिहरु सम्मेलनका लागि नेपाल आइसकेका छन् ।

पछिल्लो समय बिरामीहरुको सुरक्षा विश्वव्यापी विषयबन्दै आएको छ । अमेरिका स्थित रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार बिरामीहरुको उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीहरुको भुलचुकले वर्षमा २ लाख ५० हजार बिरामीहरु अस्पतालमै मृत्यु हुने गरेको छ ।

मृत्युको कारणहरु मध्ये अमेरिकामा यसरी मृत्युहुनेहरुको संख्या तेश्रो नम्बरमा रहेको पाइएको छ । जुन सडक दुर्घटनाबाट मृत्यु हुनेहरुको संख्यासँग तुलनात्मक रुपमा रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक दिन अस्पताल भर्नाहुने दशमध्ये एक विरामीमा नकारात्मक असर पर्ने गरेको छ । जसले समान्य देखि जटिल हँुदै मृत्यु सम्मपनि पु¥याएको पाइन्छ ।

अधिकांश अवस्थामा संक्रमण देखिने, गलत शल्यक्रिया हुनु, गलत औषधि प्रयोगमा निर्देशन गर्नु, औषधिको मात्रा बढि हुनु तथा अस्पतालभित्रै चोटपटक लाग्ने पाइएको छ ।

नेपाल मेडिसिटी अस्पतालले बिरामी सुरक्षालाई उच्चप्राथमिकतामा राख्दै सोका लागि आवश्यक नीति तथा प्रक्रिया अघि सार्दै भारतको गुणस्तरीय बोर्ड द्धारा नेशनल अक्रेडिटेशन बोर्ड फर हेल्थ एण्ड हस्पिटलको अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्तगरिसकेको छ । यस किसिमको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपाली अस्पतालहरु मध्ये नेपाल मेडिसिटी पहिलो हो भने एनएबिएच अन्तर्राष्ट्रिय प्राप्त गर्ने संसारकै तेश्रो हो ।

प्रतिक्रिया दिनुहोस्