Logo
|
Friday 26th April 2024
Logo

epaper

किन साउने संक्रान्तिकै दिन लुतोलाई सम्झिइन्छ ? वास्तवमा के हो लुतो ? चिकित्सकको भनाइ



हाम्रो देश कृषि प्रधान भएकाले नेपालको प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । परम्पराअनुसार भलायो, कुकुरडाइनो, लुतेझार, कागती, निबुवा, अम्बा, अनार, नसपाती लगायतका फलफूलसहित राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने प्रचलन छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।
असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दादलगायतका छालसम्बन्धि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ । वास्तवमा लुतो के हो ? यसबारे जानकारी गराउने कोशिस गरेका छौं ।

के हो लुतो ?

यो रोग प्रायः गर्मी महिनामा शरीरमा सरसफाइको कमीले आउने गर्छ । लुतो ‘सार्कोप्टिस स्क्याबी’ जीवाणुले ल्याउँछ । काठमाडौं मेडिकल कलेजकी छाला रोग विशेषज्ञ डा. सबिना भट्टराइका अनुसार, यदि शरीर फोहोर भएमा लुतोका किटाणु शरीरभित्र छिर्छन् । लुतोका किटाणुले रातिको समयमा रगत चुस्ने भएकाले लुतो राति बढी चिलाउँछ । यो रोगका किटाणुले कमलो र न्यानो भागमा गएर रगत चुस्न मन पराउँछन् । यसले नरम छालालाई बढी संक्रमित गर्छ । यो सरुवा रोग हो । यसरी लुतो संक्रमण हुन एक महिना लाग्छ ।

लुतो कसरी चिन्ने ?
एलर्जी, जुम्रा एवं किराले टोकेको भन्दा लुतो अलि फरक हुन्छ । शरीर न्यानो भएको बेलामा लुतो चिलाउँछ । कहिलेकाहीँ कन्याउँदा–कन्याउँदै घाउ भएर पाक्न सक्छ । लुतो नरम छाला भएको ठाउँमा आउँछ । लुतो पनि भिन्न–भिन्न प्रकारका हुन्छन्। यो एक प्रकारको यौन रोग हो। यो पसिना आउने ठाउँमा बढी आउँछ। सरुवा रोग भएकाले एक पटक हामीले चिलाएर त्यही हातले अर्को ठाउँमा चिलाउँदा लुतो सर्ने गर्छ ।
उपचार विधि
लुतोको उपचार सम्भव छ । लुतोको किटाणु एकदेखि दुई दिनसम्ममा मर्छन् । लुतो लागेको मानिसले लगाएको लुगा राम्रोसँग धोएर घाममा सुकाउनुपर्छ । यसबाट लुतो निख्रिनसक्छ । चिकिस्सकको सल्लाह बमोजिन लुतोको उपचार गर्नुपर्छ र यो निको हुन्छ । यसका साथै सरसफाइमा ध्यान दिन जरुरी छ ।

लुतो लाग्न नदिन के गर्ने ?
लुतो आउन नदिन सरसफाइमा ध्यान दिन जरुरी छ । लुतो आएको व्यक्तिले राम्रोसँग नुहाएर चिकित्सकको सल्लाह बमोजिन औषधि सेवन गरी सफा लुगा लगाएमा रोग निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्