Logo
|
Friday 26th April 2024
Logo

epaper

कपासको इयरबडले कान सफा गर्दा कानको संक्रमण ! कसरी गर्ने कान सफा ?



कानमा लागेको धुलोमैलो लगायतका फोहोर सफा गर्न धेरैले कपासको इयरबड प्रयोग गरेको पाइन्छ । कानको सफाई गर्न इयरबड फाइदाजनक हुने विश्वास रहँदै आएको छ । तर यसले कानलाई ठुलो नोक्सान पु¥याउन सक्ने चिकित्सहरु बताउँछन् । यदि तपाई पनि इयरबडले नियमित कान सफा गर्नुहुन्छ भने विचार गर्नुहोस् ।
हालसालै कपासको इयरबडले कान सफा गर्ने बानी एक महिलाको लागी घातक साबित भएको छ । नियमित कान सफा गर्दा उनको कानमा संक्रमण फैलिएको थियो । ३७ वर्षिया जस्मिनले इयरबडले लामो समयदेखि कान सफा गर्दै आएकी थिइन । उनलाई विस्तारै बाँया कान सुन्न समस्या भयो । त्यसपछि उनी चिकित्सकलाई भेट्न अस्पताल गइन् । चिकित्सकले कानमा संक्रमण भएको बताउँदै एन्टिबायोटिक खाने सल्लाह दियो ।
उनलाई कान सुनिन्छ होला भन्ने लागेको थियो तर समस्या झन बढ्दै गयो । उनी भन्छिन् —‘कान सुन्न समस्या भइरहेको थियो । एकदिन फेरि कपासको स्वावले कान सफा गर्दैै थिएँ एक्कासी कानबाट रगत आयो ।’ उनी भन्छिन्—‘मेरो त होस उड्यो । आत्तिदै अस्पताल पुगेँ ।’ त्यसपछि जस्मिनको कान सुन्ने क्षमताको परिक्षण गरियो । त्यहाँका डाक्टरहरुले उनलाई कान, नाक र घाँटी विशेषज्ञलाई देखाउन सल्लाह दिए ।
सोहि अस्पतालका कान, नाक र घाँटी विशेषज्ञ डाक्टरले जास्मिनलाई सीटी स्क्यान गर्न आग्रह गरे । उनले सीटी स्क्यान गराइन् । जब सीटी स्क्यान रिपोर्ट आयो, उनको होसहवास उड्यो । चिकित्सका अनुसार जस्मिनलाई ब्याक्टेरियल इन्फेक्सन हुन सुरु भएको पाँच वर्ष भइसकेछ । जसले गर्दा कानको पछाडिपट्टि भागको हड्डी खिँइदै गइरहेको थियो ।
डाक्टरले पाँच वर्ष पहिलानै जचाँउन अस्पताल आउनुपथ्र्यो भने पछि उनलाई चिन्ता लाग्न थाल्यो । चिकित्सकले भोली नै शल्यक्रिया गर्नुपर्ने बताए । त्यसपछि शल्यक्रिया सुरु भयो । जस्मिनको कानका संक्रमित टिस्यु निकाल्न ५ घण्टा लामो शल्यक्रिया भयो । कान सफा गर्दा प्रयोग गर्ने कपासका टुक्रा कानमा अड्किएको शल्याक्रियामा संलग्न चिकित्सकले बताए ।

जस्मिनले भनिन्— ‘मेरो कान भित्र कपास टुक्रा पाँच बर्षदेखि अड्केको रहेछ । जसले संक्रमण भएर कानको पछाडिको हड्डी पनि कागज जस्तै भइसकेछ ।’ उनी भन्छिन—‘बिजनेस ईन्साइडर कपासको स्वाबले कान सफा गर्नु अत्यन्त सुरक्षित हुने बताउँछन तर यसरी कान सफा गर्नु असुरसक्षित रहेछ ।’ यो अस्ट्रेलियाको द लाइफ पत्रिकामा प्रकाशित समाचारबाट लिइएको हो ।

कानको सफाइ कसरी गर्ने ?
कानेगुजी निकाल्न अस्पताल जानुभयो भने डाक्टरले कानेगुजीलाई नरम गर्ने झोल पदार्थ कानमा केही सातासम्म हाल्न लगाउँछन् । कानेगुजी नरम भइसकेपछि सिरिन्जबाट मनतातो पानी कानभित्र जोडसँग हालेर कान सफा गरिदिन्छ । कानमा तेल हाल्नाले कानको संक्रमण हुनसक्छ । त्यसैले कानमा तेलको प्रयोग नगर्नुहोस् । इयर बडले सफा नगर्ने । यसले कानको फोहर बाहिर निकाल्नुको सट्टा भित्र धकेलिदिन्छ । बाटोमा हिड्दा कान सफा गर्नु हुँदैन । अन्यथा घाउ भएर कानको संक्रमण हुनसक्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्