Logo
|
Friday 26th April 2024
Logo

epaper

आमाको माया : अनाथलाई ममतामयी स्तनपान



काठमाडौँ स्थित बालमन्दिरका अनाथ शिशुहरूलाई केही स्वयंसेवी आमाले दैनिकजसो स्तनपान गराउने गरेका छन् । यसअघि विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका अनाथ शिशुले बोतलको दुधमात्रै खान पाउँथे। बालमन्दिरको ५० वर्षको इतिहासमा पहिलोपटक ‘स्तनपान कार्यक्रम’ गत फागुन २० गतेबाट सुरु भएको हो ।
‘मैले सुरुमा दुध खुवाएको यहि बच्चाको  हो ।’ बच्चालाई च्याप्दै स्वंयमसेवी आमा अनिता कुमपाखाले भन्छिन् —‘उसको नाम प्रमिश हो । मलाइ एकजना साथिले उसले दुध खाँदा नाकबाट निस्किन्छ । यदि यस्तो बच्चाले आमाको दुध खान पायो भने दन्दुरुस्त हुन्छ भन्नुभयो त्यसपछि म आएँ ।’
त्यसैगरि अर्की स्वंयमसेवी आमा सानु नगरकोटी भन्छिन् —‘सुरुमा आउदा त कस्तो लुरो थियो । डरलाग्दो देखिन्थ्यो । तर अहिले दरिलो भएको छ । खाइलाग्दो देखिन्छ ।’ उनले मुस्कुराउदै भनिन् —‘अहिले त आफ्नै बच्चा जस्तो लाग्छ । एकदमै माया लाग्छ । मेरो अनुहार हेर्दै हाँस्छ ।’
स्तनपान कार्यक्रम सञ्चालनमा आएपछि बालमन्दिरमा प्रमिशले जस्तै अन्य १५ जना शिशुहरुले आमाको दूध खान पाएका छन् ।
यि स्वंयमसेवी आमाहरु दैनिक टाढाबाट स्तनपान गराउन बाल मन्दिर आउछन् । सानु नगरकोटी आफ्नो ४ महिनाको बच्चा बोकेर सुन्दरिजल देखि आउछिन् । उनी बच्चालाई स्तनपान गराएर दिउसो ३/४ बजे तिर घर फर्किन्छिन् । नगरकोटी भन्छिन् —‘आफ्नो खेर गइरहेको दुध उनीहरुले खान पाउदा आफुलाई खुशि लाग्छ ।’ केहि स्वंयमसेवी आमाले यि बच्चाहरुलाई बोतलमै दुध पठाउछन् । बालमन्दिरमा यसरी स्वयंसेवी भावले स्तनपान गराउन आउने आमा निश्चित समयका लागि भएकोले बालमन्दिरले थप आमाहरूको खोजी वडा कार्यालयमार्फत् पनि गरिरहेको छ ।बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्