Logo
|
Friday 26th April 2024
Logo

epaper

यी हुन् मुला खानुका फाइदा



मुला भान्सामा सजिलै उपलब्ध हुने तरकारी हो । मुला प्रायः संसारभरि नै पाइन्छ । मुला विभिन्न प्रजातिका हुन्छन् । प्रायः मुलालाई सामान्य तरकारीका रूपमा लिए तापनि यो औषधीय गुणले समेत भरिपूर्ण हुन्छ ।

मुलाले क्यान्सरको जोखिम घटाउने काम गर्छ । मुलामा प्रशस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ । साथै, नियमित मुला सेवन गर्दा पेट र आन्द्रामा हुने क्यान्सरको जोखिम कम हुन्छ ।

मुला पायल्सका लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पायल्सको जोखिमसमेत कम गर्छ ।  पाचन प्रक्रिया राम्रो गर्छ । शरीरमा हुने जलनलाई समेत कम गर्न सहयोग गर्छ ।
मुलामा पानीको मात्रा प्रशस्त पाइन्छ । यसले शरीरमा पानीको आपूर्ति गर्नुका साथै मिर्गौलाजन्य रोगको जोखिम घटाउँछ ।

मुलामा ज्यादै कम मात्रामा मात्र क्यालोरी र फाइबर पाइने भएकाले तौल नियन्त्रण गर्न सहयोग पु-याउँछ ।
उच्च रक्तचापबाट बच्न खानपानमा विशेष ध्यान दिनुपर्छ । यसको नियन्त्रण गर्न पोटासियम र फस्फोरस पाइने खानेकुरा खानुपर्छ । यसका लागि अंगुर उपयुक्त हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्