Logo
|
Friday 26th April 2024
Logo

epaper

ग्याँष्टिकको औषधि ठानेर विषादी सेवन गर्दा…



लमजुङ । ग्यास्ट्रिकको औषधी भनेर विषादी सेवन गर्दा लमजुङमा एक बृद्धाको मृत्यु भएको छ ।
औषधी भन्दै विषादी सेवन गर्दा दोर्दी गाउँपालिका–४ नौथर शेराका ९२ बर्षीया तमाकु गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक बसन्तबहादुर रानाका अनुसार बृद्धा गुरुङले राम्रोसँग आँखा देख्नुहुँदैनथ्यो । छोरा बुहारी कोही घरमा नभएको बेलामा औषधी भनेर विषादी सेवन गर्दा उहाँ विरामी भएको थियो । उहाँलाई उपचारका लागि नौशर शेराको प्राचि मेडिकलमा उपचारका लागि लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
बृद्धा गुरुङले सोमबार विहान साँढे ८.०० बजेतिर विषादी सेवन गर्नु भएको थियो । प्रहरीका अनुसार उहाँको साथमा ९६ बर्षीय श्रीमान नरबहादुर गुरुङ पनि हुनुहुन्थो । दुवै श्रीमान श्रीमतीको आँखा कमजोर भएका कारण उक्त घटना भएको हुन सक्ने प्रहरीको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्