Logo
|
Tuesday 22nd October 2019
NEWS PAPER

वायु प्रदूषणः सुसुप्त हत्यारा



प्रदूषित वायु शरीरभित्र प्रवेश गरेमा हरेक अंगमा ठूलो क्षति पुग्छ । प्रत्यक्ष त देखिँदैन तर यसले लामो समयसम्म स्वास्थ्यमा असर पु¥याइरहेको हुन्छ । स्वास्थ्यवस्था कमजोर हुँदै बिस्तारै ज्यानसमेत जानसक्ने भएकाले वायु प्रदूषणलाई सुसुप्त हत्यारा (साइलेन्ट किलर) पनि भनिन्छ ।
यतिखेर राजधानीलगायत देशका शहरी क्षेत्रमा वायु प्रदूषणको प्रकोप बढ्दो छ । वायु प्रदूषणले श्वासप्रश्वास प्रणालीमा असर गर्छ । दम र खोकीको समस्या बढाउँछ । ब्रोन्काइटिस र सिओपिडी गराउँछ । हृदयघात, मिर्गौलाको क्यान्सर, स्मरणशक्तिमा ह्रास, डिमेंसिया (बिर्सने), इरिटेसन (झर्को), मानसिक तनाव, उच्चरक्तचाप, मधुमेह, छाला रोगको जोखिम बढाउँछ । वायु प्रदूषणको प्रभाव हरेक कोषमा पर्छ । वायु प्रदूषणले गर्ने पहिलो असर छाति र फोक्सोमा हो ।
असर कसरी पार्छ ?
प्रदूषित वायुमा डस्ट पार्टिकल्स (धुलो) र केमिकलका तत्वहरु रहेका हुन्छन् । टेक्निकल भाषामा धूलोलाई पार्टिपिरियड म्याटर भनिन्छ । धुलोका कण एकदमै सानो साइजदेखि ठूलो साइज सम्मका हुन्छन् । ठूलो साइजका धुलोका कणहर वायुमा सजिलै देख्न सकिन्छ । तर ग्याँस र केमिकल देख्न सकिदैन । सल्फडाइअक्साईड ओजन नदेखिने एक प्रकारे दुषित ग्याँस हो । यसमा गाडीबाट निस्कने केमिकलयुक्त धुँवा हुन्छ । निर्माण भइरहेका ठाउँहरुबाट निस्कने पार्टिकल्स म्याटर, वायु मण्डल प्रदूषण गराउने धुलोका कण, गाडिबाट निस्कने ग्याँस केमिकलहरुले वायु प्रदूषण गराइरहेको हुन्छ । करिब १० माइक्रोन भन्दा ठूलो साइजको धूलोको कण नाक र घाँटीमा अल्झिन्छ । यो फोक्सोसम्म पुग्न पाउँदैन । यस्तो अवस्थामा नाक बन्द हुने, नाकबाट पानी बगिरहने, खोकी लागिरहने, घाँटी खसखस गर्ने जस्ता समस्या हुन्छ । त्यो भन्दा सानो साइजको धूलीकण श्वासनलीको भित्री भागसम्म पुग्छ । यस्तो अवस्थामा ब्रोन्काइटिस, खोकी लागिरहने, कालो रंगको खकार आउने गर्छ । तर २.५ माइक्रोनभन्दा सानो साइजको पर्टिकल्स (धुलीकण) फोक्सोसम्म पुग्छ र घ्यार घ्यार हुने, दम, फोक्सोमा असर गर्ने जस्ता समस्या देखिनथाल्छ । १.५ माइक्रोन भन्दा साना पार्टिकल्सहरु फोक्सोबाट पनि छिरेर रक्तसञ्चार पुग्छन् । यस्ता पार्टिकल्सहरु रक्तसञ्चारको माध्यमबाट शरीरका हरेक अंगमा पुग्छन् । यसले हृदयघातको जोखिम, छालाको समस्या, मस्तिष्कमा असर गर्नसक्छ । प्रदुषित ग्याँस र केमिकल्सहरुले क्यान्सरको जोखिम बढाउनुका साथै विभिन्न अंग कमजोर गराउँछ । दीर्घ रोगीहरुलाई समस्या बल्झाउनसक्छ । कतिपयलाई दमको एट्याक्ट पनि हुनसक्छ । धेरै वायु प्रदूषण भएको बेला मिर्गौलाको रोग बल्झिनसक्छ । मुटु रोगीहरुलाई बारम्बार हृदयघातको जोखिम हुन्छ ।

यसरी वायु प्रदूषणले अल्पकालीन (एक्युट) र दीर्घकालीन (क्रोनिक) रुपमा असर पु¥याइरहेको हुन्छ । धेरै प्रदूषण भएको ठाउँमा जाँदा खोकी लाग्ने, घाँटी खसखस हुनसक्छ । यस्तो अवस्थामा कतिपयलाई एक्कासी अफ्टयारो पनि हुनसक्छ । फोक्सो कमजोर भएका व्यक्तिहरु प्रदूषित ठाउँमा जाँदा अक्सिजन लेवल कम भएर बेहोस हुनसक्छन् । आकस्मिक अस्पताल पु¥याउनुपर्ने हुनसक्छ । यो एक्युट समस्या हो । तर ग्याँस र टक्सिन बिषादीहरुले बिस्तारै असर गरेर दीर्घकालीन रुपमा क्यान्सर, प्रेसर, मधुमेहजस्ता समस्या देखिनसक्छ । गर्भभित्रको बच्चालाई असर गर्नसक्छ । कम तौलको बच्चा जन्मने, जन्मेपछि विभिन्न संक्रमण भइरहने, बच्चाको फोक्सो राम्रोसँग विकसित नहुने र ठूलो हँुदै गएपछि छाति सम्बन्धि अनेकौँ रोगहरुले आक्रमण गर्नसक्छ । प्रदूषित धुँवा धूलो ज्यानलेवा समस्या हो । विश्वमा मृत्यु गराउने कारक तत्वमध्ये प्रदूषित धूलो धुँवा तेस्रो स्थानमा आउँछ ।
काठमाडौँ उपत्यकाभित्रको वायु प्रदूषण खतरा छ । उपत्यका चारैतिर पहाडले घेरिएको हुनाले जाडो मौसमको बिहानको समय डस्ट पर्टिकल्सहरु गह«ुँगो हुन्छन् र वायु मण्डलबाट तल आउँछन् । चारैतिर पहाड भएकाले प्रदूषित धूलो धुँवा बाहिर जान सक्दैनन् । त्यसैले उपत्यकामा बिहानको समयमा झन् धेरै प्रदूषण हुने गर्छ । जाडो मौसमको बिहानको समयमा मर्निङ वाक गर्नु खतरा मानिन्छ । गर्मी मौसमको तुलनामा जाडो मौसममा प्रदूषणको मात्रा बढी हुन्छ ।
ईंट्टा भट्टाबाट निस्कने धुवाँ र गाडिबाट निस्कने केमिकल मिसिएको ग्याँस मानव स्वास्थ्यमा निकै खराब मानिन्छ । अस्पतालमा आउने २ तिहाई भन्दा बढी बिरामी श्वासप्रश्वाससम्बन्धि समस्याका हुने गर्छन् । धेरै वायु प्रदूषण भएको बेला मर्निङवाकमा ननिस्कनु नै राम्रो हो । मर्निङ वाक गर्दा मास्कको प्रयोग गर्नुपर्छ ।
डाइग्नोसिस र उपचार
सर्वप्रथम समस्याको कारण पहिचान गर्नुपर्छ । अत्यधिक चुरोट सेवन, सुगर प्रेसरले पनि हृदयघात हुनसक्छ । तर यसमा वायु प्रदूषणले खेलेको भूमिकाबारे जाँच गर्ने कुनै टुल छैन । त्यसैले नीति निर्माण तहबाट नै वायु प्रदूषण घटाउने प्रयास गर्नुपर्छ । अनि मात्र यसबाट मुक्ति पाउन सकिन्छ । यसका साथै उपत्यकामा एअर क्वालिटी इन्डेक्स पर्याप्त राख्न जरुरी छ । अहिले केही ठाँउमा एअर क्वालिटी इन्डेक्स भएपनि पर्याप्त छैन ।
कस्तो अवस्थामा उपचार हुन्छ ?
दमको रोग भएका व्यक्तिले चुरोट खान हुँदैन र वायू प्रदूषण भएको ठाँउमा पनि धेरै बस्न हुँदैन । यसबाट समस्या अझ बढ्नसक्छ । यस्ता व्यक्ति बिना अक्सिजन बाँच्न सक्दैन्न । दमका रोगीको बिस्तारै मुुटुमा पनि असर पर्छ । गोडाहरु सुनिन्न थाल्छन् । पटक पटक इन्फेक्सन भइरहन्छ । औषत आयु छोटिदै जान्छ । कतिलाई निमोनिया, फोक्सो कमजोर भएर ज्वरो आउने, प्रेसर कम हुने र शरीरमा एक्कासी अक्सिजनको मात्रा घट्नसक्छ । यसरी शरीरमा अक्सिजनको मात्रा घटेर सिधै आइसियुमा जाने कतिपय व्यक्तिलाई बचाउन सकिँदैन । दीर्घ रोगमा फोक्सो बिग्रदै जान्छ ।
उपचारमा टिमर्वकको भुमिका
जस्तोः ६०—७० बर्षको बुबा आमालाई दम भएमा वायु प्रदूषणको असर मात्र हँुदैन । उनीहरुलाई मुटुरोग, सुगर, प्रेसर, मिर्गौलाको समस्या पनि हुनसक्छ । फोक्सोका लागि दिइने औषधिले मुटुलाई पनि असर गर्नसक्छ । मुटुलाई दिने औषधिले फोक्सो र मिर्गौलालाई असर गर्नसक्छ । यस्तो अवस्थामा सम्बन्धित चिकित्सक र पब्लिक हेल्थ बिधाका विज्ञहरुसँग मिलेर काम गनुपर्छ । यस्तो बेलामा डाटिसियन र फिजीयोथेरापीको भूमिका पनि महत्वपूर्ण हुन्छ । त्यसैले सिकिस्त बिरामीको होलिस्टिक उपचार गर्न जरुरी हुन्छ । अस्पतालको स्थापना कालदेखि नै सबै खालका सुविधाको व्यवस्था हुनुपर्छ । यसबाट जतिसुकै सिकिस्त बिरामीको पनि सफल उपचार हुन्छ । टिमर्वकमा काम गर्न सजिलो हुन्छ । डरका कारण करिब ४० प्रतिशत बिरामीलाई इन्जाइटी पनि हुनसक्छ । (डा. पंगेनी ह्याम्स हस्पिटलमा कार्यरत हुनुहुन्छ । )

NH
Health News
प्रतिक्रिया दिनुहोस्