Logo
|
Friday 26th April 2024
Logo

epaper

आज देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा निःशुल्क




जनस्वस्थ्य सरोकार, काठमाडौँ । संविधान दिवसको अवसर पारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बहिरंग सेवा (ओपिडी)को टिकट निःशुल्क उपलव्ध गराउने भएको छ ।यसपटक संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा हर्सोल्लाशपुर्वक मनाउने योजना अनुसार आम सर्वसाधारणलाई आज ओपिडी सेवाका नि:शुल्क टिकट उपलव्ध गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपिडी सेवा लिन जाने विरामीले टिकटको पैसा तिर्नु नपर्ने स्वास्थ्य सचिव खगराज बरालले बताउनुभयो । निजी अस्पताललाई छुट दिनका लागि अनिवार्य गर्न नमिल्ने भन्दै छुटका लागि आग्रह गरिएको स्वास्थ्य सचिव बरालले बताउनुभयो ।यसपटक सरकारले संविधान दिवसलाई विशेष रुपमा २, ३ र ४ असोज गरी तीन दिन मनाउने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा सरकारले यसअघि यस्ता छुट भने दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्