Logo
|
Saturday 27th April 2024
Logo

epaper

डा. सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

५ लाख नगदराशिसहित सम्मान गरिने



सरकारले वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्ने भएको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले डा. रुइतलाई पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो । उक्त पुरस्कारको राशि ५ लाख रूपैयाँ रहेको छ ।

विश्वकै बहुप्रतिष्ठित म्यागासेसे पुरस्कार (एसियाको नोबेल भनेर चिनिने) बाट समेत अलंकृत डा. रुइत आँखा उपचारको क्षेत्रमा विश्वभर सुप्रसिद्ध नाम हो । डा. रुइतको नेतृत्वमा तिलगंगा आँखा केन्द्रले उत्पादन गरेको लेन्सले लाखौँ नेपालीसहित विश्वका ६ दर्जनभन्दा बढी देशका बासिन्दालाई संसार देखाएको छ । मातियाविन्दुका कारण आँखाको ज्योति गुमाएका लाखौँलाख स्वदेशी तथा विदेशी जनले सस्तो, भरपर्दो र गुणस्तरीय नेपाली लेन्सबाट संसार देख्न पाएका छन् । तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वस्तरीय आँखा उपचारको केन्द्र बनाउनमा डा. रुइतको नेतृत्वकारी भूमिका रहेको छ । डा. रुइतले समग्र मानव जातिको कल्याणमा पुर्याएको अद्वितीय योगदनको कदरस्वरूप उनी दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा मानपदवीबाट पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्