Logo
|
Saturday 16th November 2019
NEWS PAPER

विश्व दृष्टि दिवस २०१९ः दृष्टि पहिलो प्राथमिकता

नेपालको आँखा उचार सेवाको अवस्था कस्तो छ ?



जनस्वास्थ्य सरोकार, २३ असोज २०७६ । आज अक्टोवर १० तारेख । हरेक वर्ष अक्टोवर महिनाको दोस्रो बिहीबारका दिन उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न सन् १९९९ फेब्रुअरीमा भिजन २०२०ः राइट टू साइट कार्यक्रमको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकिकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिदै हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको छ । यस दिवसमा विश्वभरिका विभिन्न संघ–संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गर्दछ । नेपालले पनि गत बर्ष आ“खा स्वास्थ्य शाखा स्थापना भएपछि यो बर्षदेखि सरकारीस्तरमै मनाउन शुरु गरेको छ ।
विगत ३ दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैरसरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगति तुलनात्मक रुपमा अग्रिम पंक्तिमा छ । यद्यपि प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन आँखा स्वास्थ्य निति तथा रणनीति तर्जुमा भईरहेको सन्दर्भमा जिल्ला तथा प्रदेशमा आँखा स्वास्थ्य सेवा कार्यक्रमसँग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराउँदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिनु विश्व दृष्टि दिवसको पहिलो प्राथमिकता भएको छ ।
नेपालको अन्धोपन निवारण
नेपालमा सन् १९८१ मा नेपाल नेत्रज्योति संघको सक्रियतामा नेपालमा नै पहिलोपटक अन्धोपनको सर्बेक्षण कार्य सम्पन्न गरेको थियो । उक्त सर्बेक्षणले नेपालमा कुल ०.८४ प्रतिशत जनता दृष्टिबिहिन रहेको तथ्य उद्घाटित गरेको थियो भने अन्धोपनका प्रमुख कारकहरुमा क्रमशः मोतीविन्दु, ट्रकोमा, भिटामिन ‘ए’ को कमी, जलबिन्दु, दृष्टिपर्दाका रोगहरु रहेको पाइएको थियो ।
पछिल्लो समय देशमा निवारण गर्न सकिने अन्धोपनको स्थितिको अद्यावधिक तथ्याङ्क प्राप्त गर्न र्यापिड असिस्मेन्ट अफ एभ्वाइडेवल ब्लाइन्डनेस (र्याव सर्वे) सम्पन्न गरेको थियो । सन् २०१० मा सम्पन्न उक्त सर्बेक्षणले नेपालमा अन्धोपनको स्थिति सन् १९८१ मा रहेको ०.८४ बाट घटेर ०.३५ मा झरेको तथ्याङ्क सार्वजनिक गरेको थियो । यस बर्ष पनि प्रदेश स्तरीय र्याव सर्वे भैरहेको छ ।
नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले अ“ाखा सेवाका क्षेत्रमा कार्यरत गैर सरकारी संघ संस्थाहरुलाई आर्थिक अनुदान प्रदान गर्दै आएको छ । यस बर्ष नेपाल सरकारले स्वास्थ्य निति अनुमोदन गरेको छ जसमा आँखा सेवालाई पनि प्राथमिकतामा राखेको छ । वडास्तरका स्वास्थ्य संस्थाहरुबाट आ“खाका आधारभुत सेवा उपलब्ध गराउने, हरेक पालिका स्तरका अस्पतालहरुमा नेत्रसहायकको दरबन्दी स्थापना गरि स्थानीय तहमै अ“ाखा सेवा प्रदान गर्ने छ । मन्त्रालयमा आ“खा स्वास्थ्य ईकाई स्थापना र दोश्रो तहका अस्पताल देखि आ“खाको सम्पूर्ण सेवा उपलब्ध गराउने गरी कार्यक्रमहरु अगाडि ल्याएको छ ।
आँखा स्वास्थ्य सम्वन्धि केही तथ्य
अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले पछिल्ले समय विश्वमा अन्धोपनको अवस्थालाई यसरी पुष्टी गरेको छ

  •  ३ करोड ६० लाख मानिस दृष्टिविहिन छन् ।
  •  २१ करोड ७० लाख मानिस मध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतिविन्दुको समस्या रहेको छ । जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिन्छ ।
  • २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यून दृष्टिबाट प्रभावित छन् ।
  •  १ अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् ।
  •  अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोष देखिएको छ ।
  •  कूल दृष्टि दोष मध्ये झण्डै ६५% मानिसहरु ५० वर्ष र माथिका उमेरका छन् ।
  • अन्धोपना र दृष्टिदोषको भार १९९० को ४.५८ प्रतिशत बाट घटी २०१५ मा ३.३७ प्रतिशतमा झरेको छ ।
  • सन् २०१० मा गरिएको र्याव सर्वेले नेपालमा आँखाका बिरामीका यससँग सम्बन्धित जनशक्तीको अवस्थालाई यसरी पुष्टी गरेको छ ।
  •  ३ सय जना नेत्र बिशेषज्ञ, ८ सय जना दृष्टि बिशेषज्ञ र २ हजार ५ सय नेत्रसहायक दर्ता भई सेवा प्रदान गरिरहेका छन् ।
  • १ लाख २० हजार मानिस दृष्टिीविहिन छन् ।
  •  १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ ।
  •  ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन् ।
  •  दृष्टिदोष भएका मध्ये ८९ % मानिसहरु विकासोन्मूख देशमा बसोबास गर्दछन् ।
  •  अन्धोपनाको ६६% अन्धोपन उपचार गर्न सकिने खालका छन् ।
  •  अन्धोपनाको १६% अन्धोपन रोकथाम गर्न सकिने खालका छन् ।
  •  उच्च तथा मध्यम प्रकारका न्यूनदृष्टि रहेका मध्ये लगभग ६० उच्च तथा मध्यम प्रकारको न्यून दृष्टी महिलामा रहेको छ ।
  • न्यूनदृष्टिको मूख्य कारणहरुमा दृष्टिदोष, मोतियाविन्दु र जलविन्दु रहेका छन् ।
  • दृष्टिविहिनको मूख्य कारणहरुमा मोतिविन्दु, जलविन्दु र आँखाको पर्दा रहेका छन् ।
  •  पछिल्लो २० वर्षमा संक्रमण जस्तै ट्रकोमाका कारणले हुने न्यूनदृष्टि समस्या उन्मूलन भएको छ । हरेक वर्ष नेपालमा अनुमानित ३० ५ मानिसलाई आँखाको जाँच गराउनुपर्ने देखिन्छ ।
  •  २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भे नेपाल पेडियाट्रिक अकुलर डिजिज स्टडीमा ०.०६% बालबालिकामा बाल अन्धोपन देखिन्छ । त्यसमध्ये ८० % बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ ।
  • अन्धोपनाका मूख्य कारण
  • मोतियाविन्दु र यस सम्बन्धित ६५ %, आँखाको पर्दा जन्य रोगहरु १३ %, आँखाको नानीमा हुने अन्धोपना ६ %
  • जलविन्दु ५%,दष्टिदोष ४ %,अन्य ७ %
  • विश्व दृष्टि दिवस, आश्विन २३ गतेका दिन आज नेपाल नेत्रज्योती संघ, नेपाल आँखा अस्पताल, बीपी लायन्स उपचार केन्द्र, लायन्स उपचार केन्द्र लगायतका संघससथाहरुले र्याली, अन्र्तक्रिया,निःशुल्क आँखा परीक्षण, शिविर लगायतका जनचेतनामुलक कार्यक्रम गर्दे मुलुकभर दिवस मनाउँदैछन् । संघीय आयोजक समितिले असोज २३ गते आज उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युको प्रमुख आतिथ्यतामा काठमाण्डौमा एक कार्यक्रम पनि गर्दै छ । (यो जानकारी स्वास्थ्य सेवा विभाग आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य उपचारात्मक महाशाखाका प्रमुख डा. प्रकाश वुढाथोकीले उपलब्ध गराउनुभएको हो ।
NH
Health News
प्रतिक्रिया दिनुहोस्