Logo
|
Friday 26th April 2024
Logo

epaper

न्यूट्रिसियुटक्लसको नाममा विक्रि वितरण हुँदै आएका सामग्री तत्काल रोक्न औषधि व्यवस्था विभागको निर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । न्यूट्रिसियुटक्लसको नाममा विक्रि वितरण हुँदै आएका सामग्री तत्काल रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।
विभागले औषधिको नाममा विभागमा दर्ता नै नभएका खाद्य पुरक सामग्रीको विक्रि वितरण र सिफारिस नगर्न निर्देशन जारी गरेको छ ।
वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट स्थित औषधि पसलको अनुगमनको क्रममा व्यापक रुपमा पुरक खाद्य सामग्रीहरुको विक्रि वितरण भएको पाइएकोले विभागले त्यसलाई तत्काल रोक्न र चिकित्सकहरुलाई त्यस्ता सामग्री सिफारिस समेत नगर्न भन्दै सूचना मार्फत जनाएको हो ।
त्यस्ता वस्तुहरु गुणस्तरीय, असरयुक्त, जनसुरक्षित हुन् भन्ने पर्याप्त अभिलेख आधार नरहेको र कतिपय यी मिश्रित सामग्रीहरु सरकारले रापत्रमा प्रतिबन्धित सुचिमा समेत समावेश गरिसकेकाले त्यस्ता सामग्रीहरु विक्रि वितरण गर्न सेवनको लागि प्रोत्साहन गर्न तत्काल रोक लगाउन जानकारी गराएकोे छ ।

विभागले जारी गरेको सुचि

 

प्रतिक्रिया दिनुहोस्