Logo
|
Friday 26th April 2024
Logo

epaper

यसरी हुन्छ छाला सुरक्षित



विशेषगरी सहरी क्षेत्रमा वातावरणीय प्रदूषण छ । यसर्थ, धुलो–धुवाँसँग जुध्नु हाम्रो दैनिकी बनेको छ । यस्तो वातावरण प्रदूषणका बीच छालाको स्याहार गर्नु चुनौतीपूर्ण कार्य हो । छालाको चमक बचाइराख्न खाली मेकअप गरेर मात्र हुँदैन । दैनिक रूपमा स–साना कुरामा पनि ध्यान दिन आवश्यक हुन्छ ।

– हरेक दिन बिहान उठेपछि फेसवासले अनुहार सफा गर्ने गरौँ । आफ्नो छालाको प्रकृतिअनुसार फेसवास र क्रिमको छनोट गर्न आवश्यक छ ।
– घरबाहिर निस्कँदा जहिले पनि सनब्लक क्रिम अनिवार्य लगाउनुपर्छ ।
– बेलुका पनि क्लिन्जिङ र फेसवास गर्न छुटाउनुहुँदैन । दिनभर बाहिर हिँड्दा या काम गर्दा छालाको बाहिरी पत्रमा फोहोर र कीटाणु टाँसिएका हुन्छन् । त्यसैले साँझ ५–७ मिनेट क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि भने फेसवास गर्दा राम्रो हुन्छ ।
– मेकअप गरेर दिनभर काममा व्यस्त रहँदा यो बिग्रने, लतपतिने आदि समस्या हुन्छ । जसले सौन्दर्यमा ह्रास आउन सक्छ । मेकअपले ठाउँ छोडेपछि छालामा विभिन्न खालका समस्या देखिन सक्छ । त्यसैले पसिना निस्किँदा कम्प्याक्ट पाउडर र पफको प्रयोग गर्नुपर्छ, जुन ब्यागमै बोकेर हिँड्दा राम्रो हुन्छ ।
– घामको सम्पर्कमा आउने वा नछोपिने भागमा क्रिम प्रयोग गर्नुपर्छ । सनस्क्रिमभन्दा माथि मेकअप गर्दा अझ राम्रो हुन्छ ।
– पानीको कमीले पनि अनुहारमा चाउरी पर्ने, दाग, धब्बा देखिने समस्या हुन्छ । तसर्थ, प्रशस्त पानी पिउने गरौँ ।

प्रतिक्रिया दिनुहोस्