Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपालमा आँखा सेवाको अवस्था



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह«सरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न सन् १९९९ फेब्रुअरीमा भिजन २०२०ः राइट टू साइट कार्यक्रमको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकिकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिँदै हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको छ । यस दिवसमा विश्वभरिका विभिन्न संघ–संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गर्दछ । नेपालले पनि गत बर्षदेखि स्वास्थ्य सेवा विभाग आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य उपचारात्मक महाशाखा स्थापना गरेको छ ।
गैरसरकारी संस्थाहरुको सहभागिताले विगत ३ दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवा तुलनात्मक रुपमा अग्रिम पंक्तिमा छ । यद्यपि प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन आँखा स्वास्थ्य नीति तथा रणनीति तर्जुमा भइरहेको सन्दर्भमा जिल्ला तथा प्रदेशमा आँखा स्वास्थ्य सेवा कार्यक्रमसँग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराउँदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिनु विश्व दृष्टि दिवसको पहिलो प्राथमिकता भएको छ ।
नेपालको अन्धोपन निवारण
नेपालमा सन् १९८१ मा नेपाल नेत्रज्योति संघको सक्रियतामा नेपालमा नै पहिलोपटक अन्धोपनको सर्बेक्षण कार्य सम्पन्न भयो । यो सर्वेक्षणले नेपालमा कुल ०.८४ प्रतिशत जनता दृष्टिबिहिन रहेको तथ्य उद्घाटित गरेको छ भने अन्धोपनका प्रमुख कारकहरुमा क्रमशः मोतियाविन्दु, ट्रकोमा, भिटामिन ‘ए’ को कमी, जलबिन्दु, दृष्टिपर्दाका रोगहरु रहेको पाइयो ।
पछिल्लो समय देशमा निवारण गर्न सकिने अन्धोपनको स्थितिको अद्यावधिक तथ्याङ्क प्राप्त गर्न र्यापिड असिस्मेन्ट अफ एभ्वाइडेवल ब्लाइन्डनेस (र्याव सर्वे) सम्पन्न भएको छ । सन् २०१० मा सम्पन्न उक्त सर्बेक्षणले अन्धोपना ०.८४ बाट घटेर ०.३५ मा झरेको तथ्याङ्क सार्वजनिक गरेको छ । यस बर्ष पनि प्रदेश स्तरीय र्याव सर्वे भइरहेको छ ।
नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले अ“ाखा सेवाका क्षेत्रमा कार्यरत गैरसरकारी संघ संस्थाहरुलाई आर्थिक अनुदान प्रदान गर्दै आएको छ । यस बर्ष नेपाल सरकारले स्वास्थ्य नीति अनुमोदन गरेको छ जसमा आँखा सेवालाई पनि प्राथमिकतामा राखेको छ । वडास्तरका स्वास्थ्य संस्थाहरुबाट आ“खाका आधारभुत सेवा उपलब्ध गराउने, हरेक पालिका स्तरका अस्पतालहरुमा नेत्र सहायकको दरबन्दी स्थापना गरी स्थानीय तहमै अ“ाखा सेवा प्रदान गर्ने उल्लेख छ । मन्त्रालयमा आ“खा स्वास्थ्य ईकाई स्थापना र दोश्रो तहका अस्पतालदेखि आ“खाको सम्पूर्ण सेवा उपलब्ध गराउने गरी कार्यक्रमहरु अगाडि ल्याइएको छ ।
विश्व परिवेश
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले पछिल्लो समय विश्वमा अन्धोपनको अवस्थालाई यसरी पुष्टी गरेको छ ।
– ३ करोड ६० लाख मानिस दृष्टिीविहीन छन् ।
– २१ करोड ७० लाख मानिस मध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतियाविन्दुको समस्या रहेको छ । जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिन्छ ।
-२५ करोड ३० लाख मानिस अन्धोपना वा न्यून दृष्टिबाट प्रभावित छन् ।
– १ अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् ।
– अनुमानित १ करोड ९० लाख बालबालिकाहरुमा दृष्टि दोष देखिएको छ ।
– कूल दृष्टि दोष मध्ये झण्डै ६५% व्यक्ति ५० वर्ष र माथि उमेरका रहेका छन् ।
– अन्धोपन र दृष्टिदोषको भार १९९० को ४.५८ प्रतिशत बाट घटी २०१५ मा ३.३७ प्रतिशतमा झरेको छ ।

र्याव सर्वे २०१०
सन् २०१० मा गरिएको र्याव सर्वेले नेपालमा आँखाका बिरामीसँग सम्बन्धित जनशक्तिको अवस्थालाई यसरी पुष्टि गरेको छ ।
– ३ सय जना नेत्र विशेषज्ञ, ८ सय जना दृष्टि विशेषज्ञ र २ हजार ५ सय नेत्र सहायक दर्ता भई सेवा प्रदान गरिरहेका छन् ।
-१ लाख २० हजार मानिस दृष्टिीविहीन छन् ।
– १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ ।
-११ लाख ५० हजार मानिस अन्धोपन वा दृष्टिदोषबाट प्रभावित छन् ।
– दृष्टिदोष भएका मध्ये ८९ % मानिस विकासोन्मुख देशमा बसोबास गर्दछन् ।
– अन्धोपनको ६६% उपचार गर्न सकिने खालका छन् ।
– अन्धोपनको १६% अन्धोपन रोकथाम गर्न सकिने खालका छन् ।
– करिब ६० प्रतिशत महिलामा उच्च तथा मध्यम प्रकारका न्यून दृष्टीको समस्या रहेको छ ।
– न्यून दृष्टिको मूख्य कारणहरुमा दृष्टिदोष, मोतियाविन्दु र जलविन्दु रहेका छन् ।
– दृष्टिबिहीनको मुख्य कारणहरुमा मोतियाविन्दु, जलबिन्दु र आँखाको पर्दा रहेका छन् ।
– पछिल्लो २० वर्षमा ट्रकोमाका कारण हुने न्यून दृष्टि समस्या उन्मुलन भएको छ ।
– हरेक वर्ष नेपालमा अनुमानित ३० ५ मानिसलाई आँखाको जाँच गराउनुपर्ने देखिन्छ ।
– सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भे नेपाल पेडियाट्रिक अकुलर डिजिज स्टडीमा ०.०६% बालबालिकामा बाल अन्धोपन देखिन्छ । त्यसमध्ये ८० % बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ ।

नेपालमा अन्धोपन गराउने मुख्य कारण
– चश्माको दोष
– न्यून दृष्टि
-डेढो आँखा
– अल्छी आँखा
-आँखाको नानी जन्य रोग
– मोतियाविन्दु
– जलविन्दु
– पर्दा सम्वन्धि खरावी, खस्रे रोग आदि ।

प्रतिक्रिया दिनुहोस्