Logo
|
Saturday 27th April 2024
Logo

epaper

डबल चिउडो भएकालाई योगाले फाइदा गर्छ

एजेन्सी



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  हाम्रो शरीरमा धेरै समस्या छन हामीलाई अरु जस्तो राम्रो हुन मन लाग्छ र त्यसलाई फलो सुधार्ने कोसीस पनि गर्छौ । यसका लागी आधुनिक प्रविधि जस्तो प्लास्टिक सर्जरी आएका छन् । यो प्रविधि प्रयोग नगरी पनि हामी प्राकृतिक हेरचाह यसरी गर्न सक्छौ ।

घाँटी आसन

यो घाँटी आसानमा घाँटीको भागमा केन्द्रित हुन्छौ, यसमा घाँटी सुस्त गतिमा घुमाउने, जहा तपाई आफ्नो छालालाई देब्रे काधतिर लगेर सास फेर्नुहोस फेरी यसको ठाँउमा लगेर सास छोड्दा यसलाई दायाँ काधमा र छातीमा लैजानुहोस् । घडकिो दिशा र काउन्टर दिशामा यसलाई केही समय घुमाउनुहोस् ।

सिंहासन

यो उत्तम अनुहारको लागि राम्रो योगा हो । यो आसनमा तपाइको मुख जतिसक्दो फैलाउनु पर्छ, जिव्रो बाहिर निकाल्नु पर्छ । आफ्नो आखी भौं को बीचमा हेर्ने प्रयास गनुहोस् । यसले अनुहारको मांसपेसीहरुमा तनाव ल्याएर रक्त संचार वृद्धि गर्नाको साथै विस्तारै अनुहारको बोसो कम गर्दछ ।

भुजंगासन

यस आसानले घाँटी खोल्छ र पूर्ण तनाव ल्याउछ । यसको लागी शरी र खुट्टाहरु संगसंगै राखेर हत्केलाले भुइ छुनुहोस् र पेट ढल्काउनुहोस् । यसो गर्दा सास फेर्दा शरीरको माथिल्लो भाग उठाउनसहोस् जबसम्म नाइटो माथी आउदैन र टाउको पछाडी जान दिनुहोस् । यसले घाटीको भाग तन्काउछ । जसले डबल चिउडो बाट छुटकारा पाइन्छ । यदि तपाईँले यी योगा दैनिक गर्नुहुन्छ भने आफ्नो उमेर भन्ना कलिलो देख्न सक्नु हुन्छ ।

उल्टो आसान

ऊँटको जस्तो आसन हो यो । जसले गलामा तनाव पैदा गर्दछ । हत्केलाहरु पछाडी लगेर भुइमा टेक्नुहोस्, यँहा घुडा पनि भुइँमा नै राख्नुहोस् टाउको विस्तारै झुकाउनुहोस् । विस्तारै यो स्थिति सहज हुन्छन र आफ्नो खुट्टालाई समात्नु प्रयास गर्नुहोस् । छाती खोल्न र दुख्ने महसुस नभएसम्म यतिकै छोडिदिनुहोस् ।

प्रतिक्रिया दिनुहोस्