Logo
|
Friday 26th April 2024
Logo

epaper

बन्द कोठामा लामो समय आगो ताप्दा बेहोस भइएला !

दमका रोगी र वृद्धवृद्धा बढी जोखिममा



के तपाईं जाडोको समयमा हिटर वा लामो समयसम्म दाउराको आगो ताप्दै त हुनुहुन्न ? अथवा बन्द कोठामा कोइला, ब्रिकेट बालिरहनुभएको त छैन । यदि, लामो समयसम्म झ्याल ढोका बन्द गरेर मस्त तरिकाले आगो तापिरहनुभएको त छैन ? होस पु¥याउनुहोस्, अक्सिजनको मात्रा कमी भई बेहोस पनि हुन सक्नुहुन्छ ।
चिकित्सकहरूका अनुसार धेरै लामो समयसम्म बन्द कोठामा आगो ताप्दा कार्बन मनोअक्साइट उत्सर्जन हुन्छ । यसले रगतमा अक्सिजनको मात्रा कमी गराई मानिस बेहोससमेत हुन सक्छ । बन्द कोठामा कोइला बाल्दा रगतमा अक्सिजनको मात्रा विस्थापित भई बेहोस हुने र मृत्युसमेत हुन सक्ने चिकित्सक बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार जाडोको समयमा झ्याल ढोका बन्द गरेर आगो ताप्नु उपयुक्त हुँदैन ।
डा. पुनले भने, ‘बन्द कोठामा लामो समयसम्म आगो ताप्दा कार्बन मनोअक्साइड उत्सर्जन हुन्छ । यसले रगतमा अक्सिजनको मात्रा कमी गराउँछ । जसले गर्दा मानिस बेहोससमेत हुन सक्छ । त्यसैले, खुला वातावरणमा जोगिने गरी आगो ताप्नुपर्छ ।’

 

दमका रोगी र वृद्धवृद्धा बढी जोखिममा

अक्सिजनको मात्रा कमी भई मुटुको चालसमेत बन्द भएर मृत्युसमेत हुन सक्ने चिकित्सक बताउँछन् ।
बन्द कोठामा आगो ताप्दा निस्सासिने सम्भावना रहन्छ । शरीरमा अक्सिजनको मात्रा नपुग्दा भाइटल अंग (किड्नी, कलेजो, दिमाग, फोक्सो)मा असर पर्ने चिकित्सक बताउँछन् । मुख्यतः दमका बिरामी, वृद्धवृद्धाले धेरै लामो समयसम्म आगो ताप्दा ख्याल गर्नुपर्ने चिकित्सक बताउँछन् ।

हिटर लामो समयसम्म बाल्दा आँखा पोल्ने समस्या देखापर्छ । बन्द वातावरणमा कोइला लामोसमयसम्म बाल्दा अक्सिजनको सट्टा हानिकारक केमिकल शरीरमा पुगी निस्सासिएर व्यक्तिको मृत्युसमेत हुन सक्ने चिकित्सक बताउँछन् ।

केही समयअघि काठमाडौंमा दुई जना बन्द वातावरणमा कोइला ताप्दा निस्सासिएर बेहोस भएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

चिकित्सकहरूले आगो ताप्दा खुला वातावरण (हावा आउने ठाउँ) मा ताप्न सुझाव दिएका छन् । यसैबीच, जाडोको समयमा न्यानो कपडा लगाउन र जोगिएर हिँड्न चिकित्सकको आग्रह छ । हाल देशभर चिसो बढेसँगै सडकमा जथाभावी आगो ताप्ने क्रम बढेको छ । आगो ताप्दा त्यसको धुवाँले असर गर्ने चिकित्सकले बताउँदै आएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्