Logo
|
Friday 26th April 2024
Logo

epaper

चीनमा नयाँ भाइरस सङ्क्रमणको त्रास: एकपछि अर्को गरी तीनवटा ठूला शहरमा यातायात सेवामा बन्देज



जनस्वास्थ्य सरोकार । चीनमा नयाँ भाइरस सङ्क्रमणको त्रासकामाझ एकपछि अर्को गरी तीनवटा ठूला शहरमा यातायात सेवामा बन्देज लगाइएका छन्।

कोरोनाभाइरसका कारण कम्तीमा २५ जनाको ज्यान गइसकेको छ भने ६ सय भन्दा धेरै सङ्क्रमित भएका छन्। नयाँ घातक भाइरस फैलनबाट रोक्न १ करोड १० लाख जनसङ्ख्या भएको वुहान शहरका साथै कुल ८५ लाख जनसङ्ख्या भएको ह्वाङ्ग गाङ्ग तथा इजौ शहरमा पनि यातायातमा बन्देज लगाइएको हो। त्यहाँका बासिन्दालाई शहरबाहिर नजान भनिएको छ। पछिल्ला दुवै सहर सङ्क्रमणको केन्द्रमा रहेको वुहान नजिकै छन्।वुहानमा यस अघि नै यातायातमा बन्देज लगाइसकिएको थियो। स्रोतःबीबीसी

प्रतिक्रिया दिनुहोस्