Logo
|
Friday 26th April 2024
Logo

epaper

फ्याट ग्राफ्टिङ र पि.आर.पी. थेरापी




फ्याट ग्राफ्टिङलाई सामान्य भाषामा बोसो प्रत्यारोपण भन्ने बुझिन्छ । यस प्रक्रियामा आफ्नो शरीरको बोसो निकालेर प्रशोधन गरी आफ्नै शरीरका आवश्यक परेका अन्य भागहरुमा फ्याट ग्राफ्टिङ गरिन्छ । यो सौन्दर्य सम्बन्धि तथा अन्य विभिन्न उपचारहरुमा प्रयोग हुँदै आएको छ ।

सौन्दर्यमा फ्याट ग्राफ्टिङ
खासगरी फ्याट ग्राफ्टिङ डण्डिफोरका कारण भएका खाल्टाखुल्टीको उपचारमा, उमेरसँगै अनुहार सुक्दै गएर देखिने खोपिल्टाहरु, सुकेका गाला, आँखामुनिका डार्क सर्कल, नाकदेखि खाने मुखसम्म परेका रेखी, सुकेका गाला र कन्चटको भाग बोंसोले भर्न, पूरा अनुहार भर्न र शरीरमा जलेर बसेको खत (स्कार) मा प्रयोग गरिन्छ । बोसो छालाको तेस्रो सतह हो । यसले छाला र मांशपेशीलाई टेवा दिएर छाला टनक्क देखिन मद्धत गर्छ र फ्याट ग्राफ्टिङले झोलिएको छाला तन्किन्छ । यसलाई विना शल्यक्रिया गरिने फेस लिफ्ट पनि भन्न सकिन्छ । फेस लिफ्ट भनेको छाला काटेर फेरि सिलाउने हो भने यस प्रक्रिया अन्तर्गत खाली भएको भागमा बोसो हालेर उमेरसँगै सुकेको बोसो र छालाको भाग विना शल्यक्रिया रि—स्ट्याब्लिस गरिन्छ । यस्तो उपचार विधि पूरै अनुहारको सौन्दर्यमा प्रयोग गर्न सकिन्छ । यसरी बोंसो निकाल्दा थोरै मात्र फ्याट प्रयोग हुने गर्छ । मोटोपना घटाउँदा गरिने लाइपोसक्सनमा जस्तो करिब १ देखि ३ लिटर बोसो निकाल्न नपर्ने हुनाले फ्याट ग्राफ्टिङ नितान्त सेफ र जोखिमरहित उपचार हो । तर यसका लागि दक्ष र तालिम प्राप्त चिकित्ससँग उपचार सेवा लिनु जरुरी पर्छ । फ्याट ग्राफ्टिङ एकपटक राखेपछि न्युनतम् पनि १ देखि २ वर्षसम्म बस्छ भने कुनै अवस्थामा १० वर्षसम्म टिकेका धेरै उदाहरणहरु पनि छन् । पि.आर.पी.ले फ्याट ग्राफ्टको उपचार लामो समय दीर्घजीवी बनाउन सहयोग गर्छ ।

स्टेम सेल थेरापी र उपचार
इम्युन सिस्टम (रोग प्रतिरोधक प्रणाली) मा सबभन्दा शक्तिशाली अंगको रुपमा बोसो स्थापित भएको छ । ज्वरो आउंदा, घाउ हुँदा वा बिरामी पर्दा रोगसँग लडेर हामीलाई बचाउने रोग प्रतिरोधक तत्वहरु बोसोमा एकदमै उच्च हुने पाइएको छ । कुर्कुरे हड्डी भन्दा बोंसोमा करिब एक हजार गुणा बढी प्रतिरोधात्मक रसायन पाइएको छ । त्यसैले स्टेम सेल थेरापीमा बोसो विश्वव्यापी रुपमा प्रयोगमा आइरहेको छ । पि.आर.पी.(प्लेटलेट्स रिच प्लाज्मा) तथा बोसो सँगै मिसाएर अनुहारबाहेक नसाको कमजोरी, हड्डी खिइएको भाग, स्पाइनल इन्जुरी रिकभरी गर्न, बच्चा नपाएर बसेका महिलाहरुलाई गर्भ धारण गर्न मद्धत गर्ने पत्ता लागिसकेको छ । यसबाहेक मधुमेह लगायत विभिन्न रोगको उपचारका लागि स्टेम सेल थेरापी प्रयोग गरिन्छ ।

पि.आर.पी थेरापी के हो र किन लिने ?

रगतबाट प्लेटलेट प्लाज्मा छुट्याएर समस्याग्रस्त भागमा प्रयोग गर्ने प्रविधिलाई प्लेटलेट्स रिच प्लाज्मा (पि.आर.पी.) थेरापी भनिन्छ । प्लेटलेट तीनथरी रगतमध्ये एक हो । रगतका कोषिकाहरुबाट प्लेटलेट्स छुट्याएर इन्जेक्सनबाट पि.आर.पी. थेरापी गरिन्छ ।
पि.आर.पी. किन लोकप्रीय छ ?
रगतको प्लेटलेट्स कोषिकाभित्र २० थरी भन्दा बढी ग्रोथ फ्याक्टरहरु हुन्छन् । यसमा बढ्न र घाउ निको पार्न अद्धितिय तत्वहरु र छालाको प्रवर्दन गर्ने अनगिन्ती कोषिका र रसायन हुन्छन् । यसको प्रयोजन छाला र कपालका लागि एकदमै राम्रो मानिन्छ । महिनाको एक चोटि चारपटक सम्म गरेमा कपाल र छालामा राम्रो उपलब्धी देख्न सकिन्छ । । यसका लागि १० देखि ३० मिलिलिटर (एमएल) सम्म रगत निकाल्नुपर्छ, जसमध्य प्रशोधन पछि ३ मिलिलिटर पहेँलो रगत बन्छ । पोतो, डण्डिफोरको खत, तालुपना, कपाल झर्ने समस्या, चायाँ, अनुहार चम्किलो बनाउने, हेयर ट्रान्सप्लान्ट आदिमा यो पद्दति प्रभावकारी मानिन्छ ।

यसको कुनै नकारात्मक असर छ ?
पि.आर.पी. थेरापी नितान्त सुरक्षित छ । यो आफ्नै रगतबाट बन्ने हुनाले शत्प्रतिशत सुरक्षित छ । कुनै जोखिम छैन । पि.आर.पी. थेरापी गरेका व्यक्तिहरुले खानपान र जीवनशैलीमा पथपरहेज गर्न जरुरी हुँदैन । सामान्य जीवनयापन गर्न सकिन्छ ।(डा. श्रेष्ठ काठमाडौं विश्वविद्यालयमा असिस्टेन्ट प्रोफेसर हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्