Logo
|
Tuesday 19th March 2024
Logo

epaper

चीनको उहानबाट कोरोना संक्रमित उद्धार गरी ल्याइएको बसमाथि युक्रेनमा आक्रमण



कोरोना संक्रमित चीनको उहानबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि युक्रेनमा आक्रमण भएको छ । उद्धार गरेर ल्याइएका ४५ युक्रेनी र २७ देशका अन्य नागरिक चढेको बसमाथि सडकमा उत्रिएका प्रदर्शनकारीले आक्रमण गरेका हुन् । बीबीसीका अनुसार, उद्धार गरिएकालाई नोभी सन्जारी हस्पिटलको क्वारेन्टाइनमा राख्न ६ वटा बसमा लगिँदै थियो । त्यही क्रममा सडकमा निस्किएका प्रदर्शनकारीहरूले ढुंगा र आगोको लप्काले आक्रमण गरेका हुन् । उद्धार गरिएका कसैलाई पनि कोरोना संक्रमण नरहेको युक्रेनका स्वास्थ्यमन्त्रीले जनाएका छन् । यद्यपि, सहरका बासिन्दाहरू भाइरस फैलने भन्दै प्रदर्शनमा उत्रिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनताहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् । साथै उनले हामी सबै मानव हौं भन्ने स्मरण गर्न पनि आग्रह गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्