Logo
|
Saturday 27th April 2024
Logo

epaper

दक्षिण कोरियामा कोरोना भाररस सङ्क्रमित २ हजार ३३७ जना पुग्यो



दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समयानुसार बिहानको १० र अपराह्न ५ बजे दुई पटक यस रोगको सङ्क्रमित र मृतकको सङख्यालाई अपडेट गराउँदै आएको छ ।
विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान शहरबाट यस भाइरसको सङ्त्र्mमण शुरु भएको थियो ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्