Logo
|
Friday 26th April 2024
Logo

epaper

वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइयो, यातायातका साधन सञ्चालन



जनस्वास्थ्य सरोकार, बुहान । चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको छ। मंगलबार लकडाउन हटाइएसँगै यातायातका सबै साधन पुनः सञ्चालनमा आएका छन् भने बजार खुलेको छ।

यातायात र बजार खुले पनि विद्यालय तथा प्रान्तीय कलेजको नयाँ सेमेस्टरका कक्षा भने स्थगित नै रहने चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। वुहानलाई महामारी नियन्त्रणका लागि उच्च प्राथमिकता राखिएको र नागरिक पनि सतर्क रहनुपर्ने वुहानका चिनियाँ राजनीतिक परामर्श सम्मेलन प्रमुख हु शुङ्ग्वाङले बताएका छन्।

प्रमुख हुले नयाँ संक्रमण नदेखिदैमा भाइरसको जोखिम शून्य भएको मान्न नसकिने बताएका छन्। उनका अनुसार अझै पनि महामारी नियन्त्रण र रोकथाम संकटपूर्ण रहेको अन्नपूर्णपोष्टमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्