Logo
|
Friday 26th April 2024
Logo

epaper

लकडाउनको बेला बिरामीको सुविधाका लागि ॐ हस्पिटलद्धारा टेलिमेडिसिन सेवा शुरु



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वव्यापी महामाहारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड—१९) का कारण यतिखेर मुलुक लकडाउनको अवस्थामा छ । सार्वजनिक यातायातका साधन चलेका छैनन् । रोगको जोखिमका कारण जथाभावी हिड्ने अवस्था पनि छैन ।

कोभिड १९ को संक्रमणको महामारी र लडकडाउनको यो विषम परिस्थितिमा काठमाडौंको चावहीलस्थित ॐ हस्पिटलले टेलिमेडिसिन सेवा शुरु गरेको छ । अब तपाईंले घरमा नै बसेर आफ्नो स्वास्थ्य समस्या समाधानबारे परामर्श सेवा प्राप्त गर्न सक्नुहुन्छ । यसका लागि हस्पिटलले चिकित्सकको सुची र समयतालिका सार्वजनिक गरेको छ ।


यो सामाजिक उत्तरदायित्वअन्तर्गतको निःशुल्क सेवा भएको टेलिमेडिसिन सेवाका संयोजक डा. विश्वनाथ कोइरालाको भनाइ रहेको छ । टेलिमेडिसिन सिस्टमबाट बिरामीसँग कुरा गरेर समस्या समाधानमा पहल गर्ने अवसरले निकै खुशी तुल्याएको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जनस्वास्थ्य सरोकारलाई जानकारी गराउनुभयो ।
ॐ अस्पतालको टेलिमेडिसिन सेवाकालागि [यहाँ क्लिक गर्नुहोस्]

प्रतिक्रिया दिनुहोस्