Logo
|
Saturday 27th April 2024
Logo

epaper

कोभिड—१९ उपचारमा देउराली जनता फर्मास्युटिकल्सद्धारा औषधि सहयोग



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ को उपचारमा नेपाली औषधि कम्पनिहरुले पनि सहयोगलाई निरन्तरता दिइरहेका छन् । काठमाडौंको धापासीस्थित औषधि उत्पादक कम्पनि देउराली जनता फर्मास्युटिकल्स प्रा.लि.ले १ लाख १५० हाइड्रोक्सीक्लोरोक्वीन ट्याब्लेट सहयोग स्वरुप नेपाल सरकारलाई उपलब्ध गराएको छ ।

यो औषधि कोभिड १९ को उपचारमा प्रयोग हुने गर्छ । सोको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्