Logo
|
Friday 26th April 2024
Logo

epaper

निजी क्षेत्रका प्रयोगशालाहरुले पनि कोभिड १९ कोरोना भाइरस परीक्षण गर्न पाउने

मुलुकभर आरडिटी र पिसिआर विधि गरी ५३ हजार ५ सय ३४ वटा परीक्षण 



जनस्वास्थ्य सरोकार, काठमाडौं । अब मुलुकमा निजी क्षेत्रका प्रयोगशालाहरुले पनि कोभिड—१९ कोरोना भाइरस परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको ‘गाइडलाइन फर दी इस्ट्याबलिसमेन्ट एण्ड अपरेशनलाइजेसन अफ मोलिक्युलर ल्याबोरेटोरिज फर कोभिड १९’ नामको निर्देशिका जारी गरेसँगै निजी प्रयोगशालाहरुले पनि कोभिड १९ कोरोना भाइरस परीक्षण गर्न पाउने भएका हुन् ।
यसरी मापदण्ड पूरा गर्ने निजी प्रयोगशालाहरुलाई पनि कोभिड १९को परीक्षण गर्ने बाटो खुलेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । तर सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने छ ।
हालसम्म सरकारी तहबाट मुलुकभर पिसिआर प्रविधिबाट कोभिड १९ परीक्षण गर्ने प्रयोगशालाहरुको संख्या १६ पुगेको छ ।

 

हालसम्म मुलुकमा ५२ जना कोरोना संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । अन्य ३६ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । सरकारले अहिलेसम्म आरडिटी र पिसिआर विधि गरी ५३ हजार ५ सय ३४ वटा परीक्षण गरिसकेको छ । जसमध्ये आरडिटी विधिबाट ४३ हजार ६३ र पीसीआर विधिबाट १० हजार ४ सय ७१ परीक्षण भएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार, मुलुकभर १०६ जना आइसोलेसनमा रहेकामध्ये ८ जना राजधानी काठमाडौं र ९८ जना उपत्यका बाहिर रहेका छन् । क्वारेन्टाइनमा २० हजार १ सय ९५ रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्