Logo
|
Friday 26th April 2024
Logo

epaper

ओम सर्जिकल कन्सर्नले १९ करोड रुपियाँ मूल्य बराबरको कोभिड—१९ रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामाग्री सरकारलाई भोलि उपलब्ध गराउँदै, नेपाल एअरलाइन्सको चार्टर्ड बिमान वेइजिङ उड्यो

जतिसक्दो चाँडो सामान आपूर्ति गर्न ४८ हजार डलर अतिरिक्त शुल्क तिरेको जानकारी



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्नले कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने करिब १९ करोड रुपियाँ बराबरको स्वास्थ्य सामाग्री भोलि सरकारलाई उपलब्ध गराउने भएको छ ।
ओम सर्जिकल कन्सर्नलाई टेन्डर परेको उक्त मुल्य बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य सेवा विभागमा जतिसक्दो चाँडो आपूर्ति गर्न ४८ हजार डलर अतिरिक्त शुल्क तिरेर आज ५.३० बजे नेपाल एअरलाइन्सको चार्टर्ड बिमान बेइजिङका लागि उडेको छ ।

‘आज बेलुका ५.३० बजे नेपाल एअरलाइन्सको चार्टर्ड प्लेन हामीले नेपालबाट बेइजिङका लागि पठाएका छौं । भोलि बिहान ८ बजे स्वास्थ्य सेवा विभागको सम्पूर्ण सामान लिएर नेपाल एअर लाइन्सको चार्टर्ड बिमान नेपाल आउँदैछ र भन्सार प्रक्रिया पुर्याएर भोलि नै यो सामान विभागमा आपूर्ति गर्दैछौं ।’—ओम सर्जिकल कन्सर्नका प्रबन्ध निर्देशक आर.एस. भण्डारीले भन्नुभयो ।

यस अघि नै ल्याउन लागिएका यी सामाग्रीहरु गत अप्रिल २६ तारेखमा चाइना कस्टमले रुल चेञ्ज गरेकाले अप्रिल २८ तारेखको चीनको ग्वान्जाउको उडान रद्ध गर्नुपरेको थियो ।
‘हामीले सामान बुझाउनुपर्ने म्याद मे २ तारेखमा थियो । चाइना सरकारको रुल्स चेञ्जका कारण त्यो सामान फिर्ता गरेर त्यहाँको सरकारको नियम अनुसार सबै प्रक्रिया पुर्याएर त्यो सामानलाई बेइजिङ डायभर्ट गरेर जति सक्दो चाँडो नेपाल ल्याउन लागिएको हो । सामान चाँडो ल्याउन सामान बेइजिङ डाइभर्ट गर्दा हामीलाई लगभग ४८ हजार डलर एक्ट्रा भाडा खर्च लागेको छ । ग्वान्जाउबाट ल्याउँदा त्यहाँको एअरपोर्ट एकदमै व्यस्त र हामीले २० तारेख भन्दा यता प्लेन अवतरण गर्ने समय नै पाएनौं ।’—उहाँले स्पष्ट पार्नुभयो ।
स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखालाई ओम सर्जिकलमार्फत दिनुपर्ने करिब १९ करोड रुपियाँ बराबरको सामान हो । यसमा केमिल एण्ड सर्जिकल एसोसिएन अफ नेपाल (केमसान) को सम्पूर्ण टिमको सहकार्यमा रहेको छ । स्वास्थ्य क्षेत्रमा लागेका सबै साथीहरुले केमसानको छाता संगठनमार्फत यो काम गरेका छन् ।

प्रबन्ध निर्देशक भण्डारीले भन्नुभयो —‘समयमा स्वास्थ्य सामाग्री नदिएर स्वास्थ्य सेवा विभागलाई धक्का जस्ता विभिन्न विभिन्न अनलाइन सञ्चारमाध्यममा आएका समाचारहरु यथार्थ घटनामा नपुगी प्रकाशित र प्रसारित भएका तथ्यहीन र कपोकल्पित छन् । यसप्रति हामी सबै स्वास्थ्य सामाग्री आपूर्तिकर्ता दुःखित भएका छौं ।’
यस्ता सामान कावुभन्दा बाहिर भएको परिस्थितिमा टेन्डरको शर्तमा म्याद थप्न सकिने प्रावधान रहेको हुन्छ ।

हो हामीले टेन्डर एग्रिमेन्ट गरेको मितिभन्दा ४ दिन ढिला भएको छ । ढिला हुनुको कारण चाइना सरकारको रुल्स चेञ्ज गर्नाका कारण हो । यो कुरा सरकारी कर्मचारीहरुलाई पनि थाहा छ । यो कावु भन्दा बाहिरको परिस्थिति बुझ्न जरुरी हुन्छ ।
‘हामीले चाँडोभन्दा चाँडो सामान आपूर्तिका लागि थप भाडा तिरेका छौं । जसका लागि हामीले प्लेन ग्वान्जाउ नपठाएर वेइजिङ पठाएका छौं । नेपालबाट चार्टर्ड गरेर सोझै वेइजिङ गएको यो पहिलो ऐतिहासिक उडान पनि हो । ’—प्रबन्ध निर्देशक भण्डारीले भन्नुभयो—‘हामीले अहोरात्र खटेर सस्तो मुल्यमा गुणस्तरीय सामान उपलब्ध गराउन सरकारसँग हातेमालो गरिरहेका छौं ।’
स्वास्थ्य सामाग्री आपूर्तिका लागि जम्मा ३ वटा फर्मले टेन्डर पाएका थिए । ओम सर्जिकल कन्सर्न प्रा.लि.लाई करिब १९ करोड परेको थियो । यो एसोसिएसन टिम मिलेर गरेको छ ।
लुम्बिनी हेल्थकेयरले करिब १ करोड ६० लाख रुपियाँ बराबरको सामान आपूर्तिका लागि टेन्डर पाएको थियो । जुन दिइसकेको अवस्था छ । हाम्रो मेडिको नामक सप्लायर्स कम्पनिको ८ करोड रुपियाँ जतिको सामान आपूर्तिका लागि टेन्डर परेको थियो ।

यसैबीच रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) ले एक प्रेस विज्ञप्ति जारी गर्दै हाल विभिन्न अनलाईन मिडियामार्फत रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका सदस्य ओम सर्जिकल कन्सर्न प्रा.लि.ले स्वास्थ्य सेवा विभागमा कोभिड १९ सँग सम्बन्धि विभिन्न मेडिकल सामान सप्लाई गर्ने कार्यलाई बिना आधार तथ्यहिन समाचार सम्प्रेषण गरी यस संघ र ओम सर्जिकल कन्सर्न प्रा.लि.लाई मुछेर आम जनमानसमा भ्रम सृजना गरी चरित्र हत्या गर्न खोजेको भन्दै त्यस्ता सञ्चार माध्यमलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।

केमसानका अध्यक्ष सुरेश घिमिरेका हस्ताक्षरित सो विज्ञप्तिमा कपोकल्पित र आधारहीन समाचार सम्प्रेष्ण गर्नमा केही व्यक्तिहरुको व्यक्तिगत स्वार्थ पूर्तिका लागि नियतवश चरित्र हत्या गर्न खोजिएको देखिएकाले यस्ता समाचारहरुको कुनै पनि सत्यता नरहेको तथ्य आमजनमानसमा अपिल गरिएको छ ।
‘यसरी दत्तचित्त तरिकाले सम्पूर्ण संघ तथा यस संघमा आवद्ध ३५० भन्दा बढी व्यवसायीहरु नेपालको स्वास्थ्य क्षेत्रमा परेको असहज परिस्थितिमा पनि नेपाल सरकासँग रातदिन नभनी अहोरात्र खटेर काम गरिराखेको अवस्थामा केही अवान्छित तत्वहरुले नाजायत फाइदा उठाउनका लागि यस्तो दुष्कर्म गरेकाले निजहरु माथि कडा भन्दा कडा कारवाही गरी पाउँ भनी नेपाल सरकासँग जोडदार माग गर्दछौं ।’—सो विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्