Logo
|
Wednesday 8th May 2024
Logo

epaper

के तपाईंले गरेको कोरोना परीक्षणको रिपोर्ट ठीक छ ? परीक्षणहरु कति भरपर्दा छन् ?



कोभिड–१९ को परीक्षण भनेको शरीरमा कोरोना भाइरसलाई पहिचान गर्नु हो । कोरोना भाइरस पत्ता लगाउन दुई प्रकारका परीक्षण गरिन्छ । रियल टाइम पिसिआर (RT-PCR) र द्रुत परिक्षण किट, र्यापिड डाइग्नोस्टिक टेस्ट (RDT) । र्यापिड र पिसिआर परीक्षणका तरिका पनि धेरै फरक छन् । संक्रमण बढ्न थालेपछि नेपाल सरकारले पिसिआर र र्यापिड डाइग्नोस्टिक टेस्ट किटबाट परीक्षण गरिरहेका छ ।

र्यापिड डायग्नोस्टिक टेस्ट (आर.डि.टि.) किट अर्थात द्रुत परीक्षण किटको आधारभूत सिद्धान्त
यो antibody-antigen reaction को सिद्धान्तमा आधारित किट हो । शरीरमा भाइरससँग लड्न विभिन्न तत्व हुन्छन् । भाइरस लागिसकेपछि शरीरले आफैँ प्रतिरोधक क्षमता विकास गर्छ, जसलाई प्रतिरोधात्मक क्षमता (immunity) भनिन्छ ।

(Novel Corona Virus) कोरोना भाइरस मानिसको शरीरमा प्रवेश गरेपश्चात् संख्या बृद्धि भएपछि मानिसको शरीरले कोरोना भाइरस बिरुद्ध Antibody बनाउँछ । हाल सम्मको अध्ययनअनुसार भाइरस प्रवेश गरेको ७ दिनदेखि IgM नामको antibody बन्छ, यस्ता IgM करिब एक महिना सम्ममा कम हुँदै जान्छ र करिब १४ दिन देखि IgG नामको antibody उत्पन्न हुन्छ । जुन केहि लामो समयसम्म रहन सक्छ । IgM ले संक्रमण भएको संकेत गर्छ भने, IgG ले संक्रमण केहि पुरानो हो भन्ने बुझाउँदछ ।

Diagram.1: एण्टीबडी  किसिमहरु

Diagram.2: मानिसको  शरीरमा एण्टीबडीको उत्पादन प्रक्रिया

Rapid Diagnostic Kit (आरडीटी) अर्थात द्रुत परीक्षण किटले पनि कोरोना विरुद्धको यही antibody देखाउने हो । यस किटले मानिसको रगतको नमुनामा कोरोना भाइरस विरुद्धको सोहि Antibody छ या छैन भनी जाँच गर्ने सिद्धान्तमा आधारित रही बनेको प्रविधि हो ।

द्रूत परीक्षण विधिबाट परीक्षण गर्दा Positive देखिए कम्तिमा एक हप्ताअघि नै कोरोनाको संक्रमण भएको भन्ने बुझिन्छ । किनकी, कोरोनाको antibody विकास हुन कम्तिमा ७ दिन लाग्छ । त्यसैले कोरोना भाइरसको संक्रमण भएको सुरुको अवस्थामा र्यापिड डाइग्नोस्टिक किटबाट जाँच गर्दा Positive नदेखिन सक्छ ।

Rapid diagnostic kit हरू छिटो परिणाम प्राप्त गर्न सक्षम छ । यसले शंकास्पद बिरामीहरूको रगत नमूनाहरू प्रयोग गरी परिणाम दिन सामान्य रूपमा १५–३० मिनेट लिन्छ । यस अन्तर्गत, व्यक्तिले आफ्नो औंलालाई अल्कोहल स्वाब (Alcohol Swab ले सफा गर्नुपर्दछ र फिंगर–प्रिक्सको लागि प्रदान गरिएको ल्यान्सेट प्रयोग गर्नुपर्नेछ । Rapid test kit सोलुसन दिइएको हुन्छ । एक थोपा रगत हालेपछि कस्तो रङ आयो त्यसकाआधारमा Positive वा Negative निक्र्याेल गरिन्छ । एन्टिबोडी (प्रतिरोधात्मक क्षमता) भएमा रंग (Color) परिवर्तन हुन्छ ।

 कोभिड टेस्ट किट (COVID-19 RAPID TEST CASSETTE KIT) प्रयोग गर्ने विधि

कोभिड आर.डि.टि. किटको नतिजा तथा निक्र्याेल गर्ने तरिका

                                  1                                         2                                             3                                        4 

Results / Interpretation

1 IgM- / IgG-  No infection or not enough detectable antibodies in the early infection
2 IgM- / IgG+ Previous infection with SARS-CoV-2
3 IgM+ / IgG- Recent infection with SARS-CoV-2
4 IgM+ / IgG+ Recent infection with SARS-CoV-2

Note : To be validated, this test have to present a positive line for control (C)

रियल टाइम पोलिमरेज चेन रियाक्सन अर्थात आर.टी.–पि.सि.आर “Real-time polymerase chain reaction (RT-PCR)”

कोरोना भाइरस शरीरमा छिरेपछि, आफूलाई विभाजन गर्छ र १ बाट २, २ बाट ४ गरी द्रूत गतिमा बढ्न सुरु गर्छ । सहि मात्रामा पुगेपछि भाइरसलाई पत्ता लगाउन सकिन्छ । RT-PCR भनेको Real time Polymerase chain reaction हो । RT-PCR प्रविधिले  भाइरसको जैविकतत्व (RNA) छ या छैन भनि पत्ता लगाउँछ । यो प्रविधिले कुनै मानिसलाई कोरोना भाइरस संक्रमण भएकै दिन पनि नतिजा Positive देखाउन सक्दछ । जसले गर्दा संक्रमित व्यक्तिको समयमा नै पहिचान भई Isolation मा राख्न सकिन्छ । जसले गर्दा रोग फैलाउने सम्भावनालाई न्युन गर्न सकिन्छ ।

यो प्रविधिमा नमुना नाकको भित्र वा मुखको भित्र हल्का स्क्रैपद्वारा संकलन गरिन्छ । नाकबाट संकलन गर्ने नमुना स्वावलाई Nasopharyngeal Swab भनिन्छ र मुखबाट संकलन गर्ने नमुना स्वाबलाई Oropharyngeal Swab भनिन्छ । RT- PCR, एक पद्धति हो, जुन परीक्षण किटको माध्यमबाट गरिएको परीक्षणको नतीजा निर्धारण गर्न प्रयोग गरिन्छ । प्रक्रिया भइरहेकै अवस्थामा पनि भाइरसको वंशाणुगत गुण भएको तत्व RNA आँकलन गर्न सकिने हुनाले यस परीक्षणमा रियल टाइम शब्दावली जोडेर बोल्ने गरिएको हो । सारा विश्वले नै अहिले यो परीक्षणलाई कोभिडको एक पुष्टिकरण परीक्षणको रूपमा अपनाएको छ ।
कुनै पनि परीक्षण विधिको योग्यता र विश्वसनीयतामा दुई गुणहरू विचार गरिन्छ ।

पहिलो गुण भनेको, संवेदनशीलता Sensitivity:

जब परीक्षण परिणामहरू नकारात्मक देखाउँदछ तब रोग नभएको भनी खुलाउने उक्त परीक्षणको क्षमतालाई Sensitivity अर्थात् संवेदनशीलता भन्ने गरिन्छ । यस सन्दर्भमा, RT-PCR परिक्षणको संवेदनशीलतामात्र ६५–७०% छ । अर्थात, ३० देखि ३५ प्रतिशतसम्म यो भाइरस संक्रमण भएको भएपनि संक्रमण नभएको Negative Report भनी देखाइदिन सक्दछ । यसको अर्थ यो परीक्षणको पनि नतिजा शत्प्रतिशत भन्ने नहुन सक्छ ।

दोस्रो गुण भनेको Specificity

उदाहरणका लागि परीक्षण नतिजा Positive आएपछि संक्रमण भएको भनीखुलाउने उक्त परिक्षणको क्षमता, यस सम्बन्धमा यस परीक्षणको विशिष्टता १००% हुन्छ । समग्रमा, RT PCR प्रविधिद्वारा परीक्षण गरिएको नतिजामा Positive आए १००% कोरोना भाइरसबाट संक्रमण भएको हुन्छ । तर यस्तो परीक्षणको नतिजा Negative आए शतप्रतिशत नै कोरोनाको संक्रमण नभएको भनी ठोकुवा गर्न भने गाह्रो हुन्छ । कोरोना संक्रमण भएपनि नतिजा Negative आएको अवस्थालाई प्राविधिकहरूले False Negative Result  भन्ने गरेका छन् । र्यापिड परीक्षण RDT बाट नकारात्मक नतिजा भएका बिरामीहरूलाई polymerase chain reaction (PCR) प्रविधिको माध्यमबाट पुष्टि नगरिकन नै नतिजा अन्तिम मानिनु हुँदैन ।

यो जान्नु महत्वपूर्ण छ कि यदि नमूना राम्रोसँग लिइएको छैन भने यसले गलत नकारात्मक परिणाम दिन सक्छ । यसैले स्वास्थ्य परिक्षणकर्मीहरूका लागि व्यक्तिलाई परीक्षण गर्ने क्रममा पारंगत तथा दक्ष हुनु अत्यन्त महत्वपूर्ण छ । परीक्षण पनि केही हदसम्म संवेदनशील हुन्छ त्यसैले बिरामी जाँच गर्ने स्वास्थ्यकर्मीले सावधानी अपनाउन व्यक्तिगत सुरक्षा उपकरण PPE  लगाउनु अनिवार्य हुन्छ । RT-PCR परीक्षणहरूका प्रक्रिया पुरा गर्न केहि दिन लिन सक्दछ । पीसीआर विधिद्वारा संकलन गरिएका नमूनाहरू प्रयोगशालामा तुरून्त पठाएपछि परिणामहरू ६ घण्टा भित्रदिन सकिन्छ । यसले सामान्यतया २४ देखि ७२ घण्टा लिन सक्दछ ।

RT-PCR को नमूना संकलनगर्ने तरिकाहरु
नाकको भित्री भागबाट नमूना संकलनगर्ने तरिका

मुखकोे भित्री भागबाट नमूना संकलन गर्ने तरिका

नोबेल कोरोना भाइरस (कोभीड–१९) को नयाँ नमूना संकलन विधि (“सलाईवा”/थुकमा आधारित)
नोबेल कोरोना भाईरस (कोभीड–१९) को नयाँ नमुना संकलन विधिको रुपमा US-FDA ले पहिलो पटक घरमा नै बसेर आफैंले नमूना संकलन गर्ने विधिको स्विकृती प्रदान गरेको छ । बैशाख २६ गते May 08, 2020 मा US-FDA ले स्विकृती गरेको यो नयाँ विधि “सलाईवा” (थुक) मा आधारित रहेको छ । यो विधिमा Spectrum Solutions LLC SDNA-1000 Saliva Collection Device नामको सलाईवा र थुक संकलन गर्ने बोतलको प्रयोग गरेर, बिरामीले घरमा नै नमूना संकलन गरी वातावरण मैत्री झोला (Bio-Degradablel Bag) मा राखेर टेस्टको लागि प्रयोगशालामा पठाउन सकिन्छ । रटजर क्लीनिकल जिनोमिक
ल्याबरोटरी (Rutgers Clinical Genomics Laboratory) लाई स्विकृती प्रदान गरिएको हो ।

यो विधिमा अन्य विधि, जस्तै नाक वा मुखबाट लिइएको स्वाब Nasopharyngeal / Oropharyngeal swab मा जस्तो विभिन्न वस्तुहरुको आवश्यकता पर्दैन, जस्तै, पन्जा, मास्क, पिपिई र सबैभन्दा महत्वपूर्ण कुरा दक्ष स्वास्थ्यकर्मीको समेत आवश्यकता पर्दैन ।  यो विधि घरमा नै गरिने हुँदा, स्वथ्याकर्मीहरुमा संक्रमणको जोखिम समेत हुँदैन ।  क्वारेन्टाइन र सेल्फआइसोलेसनमा बसेकाहरुले समेत परीक्षणका लागि नमूना पठाउन सक्दछन् । हाम्रो जस्तो मुलुकको लागि यो प्रविधि अत्यन्त सहज र सान्दर्भिक हुन सक्दछ । भिटिएम (VTM,  Virus Transfer Media भाइरसको स्वाब लिएपछि, प्रयोगशाला सम्म पुर्याउन चाहिने मिडिया) समेत यो विधिमाआवश्यक हुँदैन ।

थुकको नमूना संकलनगर्ने तरिका
 सलाईवा किट Saliva Kit  को बिर्को खोलेर सावधानीपूर्वक सोली आकारको विर्को जडान गर्नुपर्दछ ।
 सोली आकारको बिर्कोमा जोडसँग खकारेर थुक्ने ।
 थुकलाई बोतल (बट्टा) भित्र जानदिने ।
 सोलीलाई निकालेर बिर्को कसेर लगाउनुपर्दछ ।
बिर्काे बन्द गरिसकेपछि ५ सेकेन्ड सम्म हल्लाउनुपर्दछ ।
 बोतलभित्रको रसायन Preservatives ले रङ परिवर्तन गरी निलो हुन्छ र थुकमा भएका भाईरस RNA/DNA  का नमुनालाई सुरक्षित गर्दछ ।
 उक्त बोतललाई वातावरण मैत्री झोलामा हालेर टेस्टको लागि प्रयोगशाला पठाउनुपर्दछ ।

हालै गरिएको अध्ययनहरुकाअनुसार, बिरामीको थुकमा आधारित नमुना परीक्षण Saliva बाट गरिएको SARS-COV-2 को नमूना परीक्षण पनि अन्य विधि, जस्तै, नाक वा मुखबाट लिएको स्वाब Nasopharyngeal/Oropharyngeal swab मा आधारित नमूना विधि भन्दा झनै सजिलो, विश्वासनिय तथा“प्रभावकारी” भएको देखिएको छ ।

स्वाब टेस्ट (आर.टी.पि.सि.आर. टेस्ट) र आर.डी.टी. टेस्ट वीचको भिन्नता
भिन्नता                        स्वाब टेस्ट (आर.टी.पि.सि.आर. टेस्ट)                                    आर.डी.टी. टेस्ट (Antibody टेस्ट)
सबैभन्दा ठूलो भिन्नता          प्रारम्भिक र शुरुवाती संक्रमण धेरै सटीकता सँग पत्ता लगाउन सक्छ            परिणाम प्राप्त गर्न छिटो तर पीसीआर परीक्षणको जत्तिकै संवेदनशीलता                                                                                                                           छैन
कसरी काम गर्छ                भाइरसको आनुवंशिक सामग्रीRNA को उपस्थिति पत्ता लगाउँदछ               सजिलै हाम्रो शरीर प्रतिरक्षा Antibody -IgM, IgG मापन गरेर भाइरस                                                                                                                                               पत्ता लगाउँछ
नमूना आवश्यकता             nasopharyngeal_ नाक र घाँटीको स्वाब                                              औंलाको चुच्चोको २–३ थोपा रगत
परीणाम प्राप्त गर्न कूल समय सामान्य तया प्रयोगशालामा पठाएको केहि दिनवाहप्तामा                        १५ मिनेटदेखि १ घण्टा सम्ममा परीक्षण गरिएकै ठाउँमा

False Positive case tyf False negative case

यदि कुनै मानिसमा कोरोना भाइरस लागेको छैन र परीक्षण गर्दा विभिन्न कारणले गर्दा Positive नतिजा आएमा त्यसलाई  False Positive Case भनिन्छ । कोरोना भाइरसको केसमा यदि कोहि मानिसमा False Positive नतिजा आएमा त्यस मानिसलाई Isolation मा राखिन्छ र उपचार गरिन्छ । साथै पुनः परीक्षण दोहो¥याइन्छ । यसरी False Positive आएमा सम्बन्धित व्यक्ति र उसको परिवार अनि समुदायलाई कुनै नकारात्मक असर पर्दैन ।

यदि कुनै मानिसमा भाइरस लागेको छ र परीक्षण गर्दा Negative नतिजाआएमा त्यसलाई False Negative Case भनिन्छ । यदि कुनै मानिसमा कोभिड–१९ संक्रमण छ र उसको जाँच गर्दा Negative आयो भने उक्त मानिस आफ्नो परिवार समुदायमा ढुक्क सँगले हिँडडूल गर्ने भेटघाट गर्ने, सँगै बस्ने गर्दछ । यसले परिवार, समुदाय र सिँगो देशको लागि नै खतरनाक परिस्थिती बन्न सक्दछ ।

False Negative Case देशको लागि कोरोना बम हो, किनकी यो भाइरसको प्रजनन दर अन्य भाइरस (इन्फ्लुन्जा, सार्स, मर्स) भन्दा निकै धेरै छ । एक मात्र कुनै लक्षण नदेखिएको व्यक्तिले Asymtopmatic False negative case हजारौ वा लाखौंमा रोग फैलाउन सक्ने सम्भावना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्