Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा १ हजार १ सय ७६ आइसोलेसनमा, एकैदिन १८९ संक्रमित, कुल संख्या १४ सय १ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार मात्र थप १८९ जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै मुलुकमा कोभिड—१९ कोरोना भाइरस संक्रमितहरुको संख्या १४ सय १ पुगेको छ ।

संक्रमितमध्ये १२ सय ८८ जना पुरुष र १ सय १३ जना महिला रहेका छन् । यसैगरी शनिबार मात्र १३ जना कोरोना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना जित्नेहरुको संख्या २१९ पुगेको छ । कोरोना निको हुनेहरुमा १ सय ७२ जना पुरुष र ४७ जना महिला रहेका छन् ।

हालसम्म १ हजार १ सय ७६ आइसोलेसनमा छन् । मुलुकभर १ लाख १० हजार ७८ जना क्वारेन्टिनमा रहेका छन् ।

संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, मुलुकमा पीसीआर विधिबाट ६६ हजार ७ सय २९ र आरडीटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ । गत २४ घण्टामा २ हजार ५७५ नमुनाको पिसिआर परीक्षण गरिएको छ ।
हालसम्म मुलुकमा ५३ जिल्लामा संक्रमण फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्