Logo
|
Friday 26th April 2024
Logo

epaper

मुलुकमा ६ दिनमै १०३९ जना संक्रमित, कुल संख्या १८११, संक्रमित जिल्ला ५९ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा सोमबारमात्र थप २३९ जनामा कोभिड—१९ कोरोना भाइस संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या १८ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १ हजार ६७८ पुरुष र १३२ महिला रहेका छन् ।
विगत ६ दिनमा मात्रै १ हजार ३९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोमबार डडेल्धुराका एकजना पुरुष डिस्चार्ज भएका छन् । उनी अस्पताल बसाइको दशौं दिनमा डिस्चार्ज भएका हुन् । यो सँगै मुलुकमा कोरोना जित्नेको संख्या २२१ पुगेको छ । कोरोना संक्रमितमध्ये मृत्यु हुनेको संख्या ८ छ । सोमबार थप सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा कोरोना संक्रमण देखिएको छ । यो सँगै मुलुकमा ५९ जिल्लामा कोरोना संक्रमण फैलिसकेको मन्त्रालयको तथ्यांकमा छ ।

हालसम्म देशमा आइसोलेसनमा १ हजार ५ सय ६९ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको संख्या १ लाख ३३ हजार ९ सय ७५ पुगेको छ ।

मुलुकमा पीसीआर विधिबाट ७१ हजार ९०३ र आरडीटी विधिबाट १ लाख १३ हजार ७५७ नमूना परीक्षण भएका छन ्। गत २४ घन्टामा पीसीआर विधिबाट २ हजार ३ सय १० र आरडीटी विधिबाट २ हजार ६ सय ४८ थप नयाँ नमूना परीक्षण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्