Logo
|
Friday 26th April 2024
Logo

epaper

मरेको ३ दिनपछि कोरोना पुष्टि, एकैदिन ३३४ संक्रमित, २६ सय ३४ कुल संक्रमित , २९० ले जिते कोरोना



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोेभिड १९ कोरोना भाइरस पुष्टि भएको छ । यो सँगै मुलकमा कोभिड १९ संक्रमितहरुको संख्या २६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार, बिहीबार संक्रमित हुनेहरुमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना रहेका छन् । त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म मुलुकमा १ लाख ६१ हजार २ सय ६२ जना क्वारेन्टाइमा रहेका छन् । यसैगरी २ हजार ३ सय ३५ जना आइसोलेसनमा रहेका छन् ।
बिहीबार नारायणी अस्पतालबाट ५ जना र कलैया अस्पतालबाट ७ जना गरी १२ जना डिस्चार्ज भएका छन् । यो सँगै कुल संक्रमितमध्ये कोरोना निको हुनेहरुको संख्या २ सय ९० पुगेको छ ।
हालसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २५ हजार ५ सय ६४ परीक्षण गरिएको छ ।

कोभिड १९ का कारण थप एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी भारतबाट फर्किएका पाल्पाका पुरुष हुन् । भारतबाट फर्किएर क्वारन्टीनमा बस्दा स्वास्थ्य बिग्रिएपछि उनलाई पाल्पास्थित मिशन अस्पतालमा भर्ना गरिएको थियो । उनको जेठ २० गते मृत्यु भएको थियो । तर नमुना परीक्षण गर्दा मृत्यु भएको ३ दिनपछि मात्र कोरोनाभाइरस सङक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितमध्ये १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्