Logo
|
Wednesday 24th April 2024
Logo

epaper

संविधान दिवस २०७६ को अवसरमा विभिन्न विधामा कार्यरत चिकित्सकहरु मानपदवी, अलंकार र पदकद्धारा विभूषित, कसले कस्तो पदवी पाउँदै ?

सम्माननीय राष्ट्रपतिबाट २०७६ असोज ३ गते संविधान दिवसका दिन उहाँहरुलाई सो मानपदवी, अलंकार र पदकद्धारा विभुषित गर्ने घोषणा



पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, ३ असोज, काठमाडौं । नेपालमा विभिन्न विधामा कार्यरत चिकित्सकहरु विभिन्न मानपदवी, अलंकार र पदकद्धारा विभूषित हुने भएका छन् । सम्माननीय राष्ट्रपतिबाट २०७६ असोज ३ गते संविधान दिवसका दिन उहाँहरुलाई सो मानपदवी, अलंकार र पदकद्धारा विभुषित गर्ने घोषणा गरिएको गृहमन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक त्रि.बि.शिक्षण अस्पतालकी वरिष्ठ नेफ्रोलोजिष्ट प्रा.डा. दिव्यासिंह शाह सु—प्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी) बाट विभूषित हुने भएकी छन् । यो नेपालको दोस्रो ठूलो पदवी हो ।
प्रा.डा. सिंहसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उपचार गराएका सिंगापुरस्थित नेशलन युनिभर्सिटी अस्पताल, भारतको म्याक्स अस्पताल, अपोलो अस्पतालका चिकित्सकहरुसमेत सोही पदवीबाट विभुषित हुने सूचीमा परेका छन् । यसरी विभुषित हुने चिकित्सकहरुमा नेफ्रोलोजिष्ट नेशनल युनिभर्सिंटी अस्पताल सिंगापुरका सिनियर कन्सलटेन्ट प्रा.डा.अनन्तरमण भाटशाला, युरोलोजी युरो अंकोलोजी रोवटिक एण्ड रिनल ट्रान्सप्लान्ट एमएक्स ग्रुप अफ हस्पिटल नयाँ दिल्लीका अध्यक्ष प्रा.डा अनन्तकुमार, इन्स्टिच्युट अफ अडल्ट रिजोस्टक्सन स्पोर्ट इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्ट नयाँ दिल्लीका अध्यक्ष डा.राजिव कुमार शर्मा, अपोलो अस्पतालका अंकोलोजी विभाग प्रमुख डा. हर्ष दुवा रहेका छन् ।

यसैगरी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटु सर्जन प्रा.डा. भगवान कोइराला तेस्रो ठूलो पदवी सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट विभुषित हुने भएका छन् ।
कुन चिकित्सकले कस्तो पदवी पाए ?
सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी)
प्रा.डा.दिव्या सिंह शाह (वरिष्ठ नेफ्रोलोजिष्ट, त्रि.बि. शिक्षण अस्पताल,महाराजगञ्ज)
प्रा.डा.अनन्तरमण भाटशाला (सिनियर कन्सलटेन्ट नेफ्रोलोजिष्ट, नेशनल युनिभर्सिंटी अस्पताल सिंगापुर)
प्रा.डा.अनन्तकुमार (अध्यक्ष युरोलोजी युरो अंकोलोजी रोवटिक एण्ड रिनल ट्रान्सप्लान्ट एमएक्स ग्रुप अफ हस्पिटल, नयाँ दिल्ली)
डा.राजिब कुमार शर्मा (अध्यक्ष इन्स्टिच्युट अफ एडल्ट रिजोस्टक्सन स्पोर्ट इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्ट, नयाँ दिल्ली)
डा.हर्ष दुवा (प्रमुख डिपार्टमेन्ट अफ अंकोलोजी, अपोलो अस्पताल)
सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी)
प्रा.डा भगवान कोइराला (वरिष्ठ मुटु सर्जन, त्रि.वि.चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम)
सुप्रवल जनसेवा श्री (तृतीय श्रेणी)
डा. यम वहादुर रोका (वरिष्ठ न्युरो सर्जन, न्युरो कार्डियोे मल्टिस्पेसियालिटी हस्पिटल)

रामप्रसाद थपलिया (सचिव,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)
डा.ज्योतिन्द्र शर्मा (वरिष्ठ मुटु सर्जन, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, बाँसबारी)
प्रा.डा.उत्तमकुमार शर्मा ( वरिष्ठ युरोलोजिष्ट त्रि.बि.शिक्षण अस्पताल)
प्रा.डा इश्वर लोहनी (त्रिवि शिक्षण अस्पताल)


डा.चक्रराज पाण्डे (वरिष्ठ अर्थोसर्जन, ग्राण्डी अस्पताल)
डा भरत प्रधान (चिकित्सक, काठमाडौं मोडल अस्पताल)
डा योगेन्द्र प्रसाद यादव (चिकित्सक, बिराटनगर)
डा.राजिब झा (अनुसन्धानविद् धनुषा)
प्रा.डा डेभिड फ्रान्सिस (मेलवर्न अष्टेलिया)
प्रा.डा प्रेमराज ज्ञवाली (वरिष्ठ युरोसर्जन, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज)
प्रा.डा.रामकुमार घिमिरे (वरिष्ठ रेडियोलोजिष्ट नेपाल मेडिसिटी हस्पिटल)
डा.शर्मा पौडेल (रेडियोलोजिष्ट, त्रि.बि. शिक्षण अस्पताल)
डा.रत्नमणी गजुरेल (चिकित्सक,त्रिवि शिक्षण अस्पताल)
प्रा.डा.उत्तमकृष्ण श्रेष्ठ (वरिष्ठ कार्डियोभास्कुल सर्जन, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर)
प्रा.डा.रमेश सिंह भण्डारी (वरिष्ठ इन्टेस्टाइ, लिभर एण्ड ट्रान्सप्लान्ट सर्जन, त्रिवि शिक्षण अस्पताल)
डा.उत्तम पच्या (मेडिकल जनरलिष्ट गुल्मी अस्पताल, तम्घास)
प्रा.डा पलेस्वा जोशी लाखे (त्रि.बि.चिकित्सा शास्त्र अध्ययन संस्थान)
प्रा.डा.सुवोदकुमार अधिकारी (बीर अस्पताल)


प्रा.डा नगेन्द्रबहादुर केसी (नेपाली सेना चिकित्साशास्त्र महाविद्यालय)
डा.भरतबहादुर भण्डारी (विरेन्द्र सैनिक अस्पताल)
प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)
डा.अशोकानन्द मिश्र (चिकित्सक,सप्तरी)
डा.राम कामेश्वर ठाकुर (निमित्त निर्देशक,आयुर्वेद अस्पताल)
ज्ञानसिंह बुढा (जनस्वास्थ्य निरीक्षक छैटौँ जिल्ला अस्पताल मुगु)

प्रतिक्रिया दिनुहोस्