नेपाल हेल्थ न्युज, अस्ट्रेलिया। अस्ट्रेलियाको मेलबर्नमा अस्पतालभित्र कार्यरत महिला स्वास्थ्यकर्मीहरूको शौचालय तथा नुहाउने स्थानमा गोप्य रूपमा भिडियो रेकर्ड गरेको अभियोगमा एक कनिष्ठ चिकित्सक पक्राउ परेका छन्।
रयान चो नाम गरेका ती चिकित्सकले सन् २०२४ देखि २०२५ सम्मको अवधिमा ८७१ महिलासहित कुल ८७४ जनाको गोप्य भिडियो खिचेको स्वीकार गरेका छन्। बीबीसीका अनुसार उनले मेलबर्नका तीन ठूला अस्पतालमा कार्यरत महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरेका थिए।
अदालतमा प्रस्तुत विवरणअनुसार, चोले मोबाइल फोनलाई जाली भएको झोलाभित्र लुकाएर अस्पतालका शौचालय तथा नुहाउने स्थानमा राख्ने र गोप्य रूपमा भिडियो रेकर्ड गर्ने गरेका थिए।
प्रहरीले उनको मोबाइल तथा अन्य उपकरणबाट करिब ३ हजार भिडियो फेला पारेको थियो। तीमध्ये दुई बालिकाका भिडियोसमेत रहेको अदालतमा जानकारी गराइएको छ।
घटनाबाट प्रभावित महिलाहरूले अदालतमा आफ्नो मानसिक पीडा, तनाव र कार्यस्थलमै असुरक्षित महसुस गर्नुपरेको अनुभव सुनाएका छन्। अस्पतालजस्तो सुरक्षित र संवेदनशील स्थानमा भएको यस घटनाले महिला स्वास्थ्यकर्मीको गोपनीयता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
चोले गोप्य रूपमा भिडियो रेकर्ड गर्ने लगायतका सम्बन्धित कसुरमा दोष स्वीकार गरिसकेका छन्। नोभेम्बर २६ मा मेलबर्नको अदालतमा सजायपूर्वको सुनुवाइ सम्पन्न भएपछि उनलाई हिरासतमा पठाइएको छ। उनलाई आगामी सन् २०२७ फेब्रुअरी १२ मा सजाय सुनाउने तयारी गरिएको छ।
मेलानको अध्यक्षमा कृष्णप्रसाद रिजाल चौथोपटक निर्विरोध निर्वाचित
शुक्रबार, मंसिर ११, २०८३
सहमति कार्यान्वयन नभए २६औँ सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, मंसिर १०, २०८३
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुल्यो, क-कसले भर्न पाउँछन् सेयर?
बिहीबार, मंसिर १०, २०८३
मेडिकल काउन्सिलका प्रमाणपत्र लिन प्यान र कर चुक्ता प्रमाणपत्र अनिवार्य
बिहीबार, मंसिर १०, २०८३
