स्वस्थ रहन खानपान, स्वस्थ जीवनशैली र फिटनेस रूटीनमा ध्यान दिनुपर्दछ । आजकाल मानिसहरू आफ्नो फिटनेसप्रति सचेत हुन थालेका छन । फिटनेससँग सम्बन्धित अन्धविश्वासहरू समाजमा व्याप्त छन् । यस लेखमा फिटनेससँग सम्बन्धित ५ भ्रम र वास्तविकताबारे चर्चा गरेका छौँः
भ्रमः कार्डियो वजन घटाउने सबैभन्दा राम्रो उपाय
वास्तविकताः कार्डियोभास्कुलर व्यायाम क्यालोरी बर्न गर्ने प्रभावकारी उपाय हो । तर, यो तौल घटाउने एकमात्र उपाय होइन। वास्तवमा, तौल घटाउन स्ट्रेन्थ ट्रेनिङ पनि त्यतिकै महत्त्वपूर्ण छ । किनभने यसले मासपेशी निर्माण गर्न मद्दत गर्छ ।
जसले बेसल मेटाबोलिक दरलाई बढाई र दीर्घकालीन तौल व्यवस्थापनलाई प्रोत्साहन दिन्छ। त्यसैले, केवल कार्डियो मात्र होइन, स्ट्रेन्थ ट्रेनिङ पनि फिटनेसको सही तरिका हो ।
भ्रमः सिक्स प्याक एब्स बनाउन क्रन्चेस नै आवश्यक
वास्तविकताः केवल क्रन्चेस गरेर सिक्स प्याक एब्स प्राप्त गर्न सकिँदैन। यो शरीरको बोसो घटाउने, कोर स्ट्रेन्थ व्यायाम गर्ने र राम्रो फिटनेस रुटिनमा निर्भर गर्दछ। त्यसैले, सिक्स प्याक एब्स बनाउनका लागि केवल क्रन्चेस पर्याप्त हुँदैन। सन्तुलित आहार र सम्पूर्ण शरीरका व्यायाममा ध्यान दिनु आवश्यक छ, जसले तपाईंको मासपेशी सुधार गर्न मद्दत गर्छ ।
भ्रमः बिना पीडा फिटनेस पाउन असम्भव
वास्तविकताः सही फिटनेस प्राप्त गर्न नो पेन नो गेन भन्ने्े भनाइ प्रचलित छ। तर, यो मात्र एउटा भ्रम मात्र हो । व्यायाम गर्दा अलि अलि असजिलो महशुुस हुनु सामान्य हो । धेरै पीडा भए व्यायाम रोक्नुपर्छ वा ब्रेक लिनुपर्छ । अन्यथा गम्भीर चोटको जोखिम निम्त्याउन सक्छ। मांसपेशीको हल्का, तीव्र, र धेरै तीव्र पीडाबीचको भिन्नता बुझ्नु अति आवश्यक छ।
भ्रमः फिटनेस प्राप्त गर्न सप्लीमेन्ट आवश्यक
वास्तविकताः राम्रो फिटनेस हाँसिल गर्न व्यायाम र जिमसँगै आफ्नो आहारमा सप्लीमेन्ट्स समावेश गर्नुपर्ने धेरैको बुझाइ रहेको पाइन्छ। तर, यो साँचो होइन । सप्लीमेन्ट्स फिटनेसको भाग हुनसक्छ, तर अनिवार्य छैन।
सही फिटनेस प्राप्तिका लागि आहारमा पोषक तत्व भएका खानाहरू समावेश गर्नुपर्दछ । सन्तुलित खानाले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्दछ ।
भ्रमः सही फिटनेसका लागि धेरै व्यायाम राम्रो
वास्तविकताः अधिक व्यायामले शरीरको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। धेरै व्यायामले थकावट र चोटको जोखिम बढाउन सक्छ। त्यसैले, फिट रहन आवश्यक मात्रामा व्यायाम गर्नुपर्छ । सन्तुलित व्यायाम र आरामले सही फिटनेस प्राप्त गर्न सकिन्छ । एजेन्सी

आइरनको कमीले थकान र निद्रामा असर पार्छ, समाधान जान्नुहोस्
बिहीबार, वैशाख ४, २०८२
शरीरको तौल घटाउने यात्रा सहज बनाउन अपनाउनुहोस् यी ५ तरिका
शुक्रबार, चैत २९, २०८१
पेटको बोसो घटाउने प्रभावकारी व्यायाम र आहार
मंगलबार, चैत २६, २०८१
फिटनेस टिप्सः यसरी राखौं शरीरलाई स्वस्थ र तन्दुरुस्त
मंगलबार, चैत २६, २०८१