नेपाल हेल्थ न्युज, जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले तीन जना मेडिकल अधिकृतलाई तीन दिनभित्र कार्यालयमा उपस्थित भई हाजिर हुन अन्तिम ताकेता गरेको छ।
प्रतिष्ठानको रजिस्ट्रार कार्यालयले मंगलबार प्रकाशित गरेको अत्यन्त जरुरी सूचनामार्फत डा. संगीता न्यौपाने, डा. दिरिश्य विश्वकर्मा र डा. नविन कुमार मण्डललाई तीन दिनभित्र अनिवार्य रूपमा कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो।
प्रतिष्ठानका अनुसार तीनै जना मेडिकल अधिकृतको परीक्षणकालसमेत पूरा नभएको र प्रतिष्ठानलाई उनीहरूको सेवा आवश्यक नरहेको भन्दै उनीहरूले माग गरेको अध्ययन बिदा अस्वीकृत गरिएको छ। अध्ययन बिदा अस्वीकृत भएपछि पटक–पटक कार्यालयमा हाजिर हुन ताकेता गर्दा पनि हालसम्म उपस्थित नभएको सूचनामा उल्लेख छ।
सूचनामा प्रकाशित मितिले तीन दिनभित्र कार्यालयमा हाजिर हुन अन्तिम पटक ताकेता गरिएको जनाइएको छ। तोकिएको समयभित्र पनि हाजिर हुन नआएमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारीका सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०६९ (संशोधित २०८१ समेत) बमोजिम प्रचलित कानुनअनुसार सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाइने प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानको रजिस्ट्रार कार्यालयले सम्बन्धित तीनै जना मेडिकल अधिकृतलाई उक्त सूचनामार्फत अन्तिम चेतावनी दिएको हो।
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३
