नेभिगेशन

वीर अस्पतालमा दुई पदमा कर्मचारी माग, कात्तिक १६ सम्म आवेदन दिन सकिने

नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले न्यूक्लियर मेडिसिन फिजिसियन र न्यूक्लियर मेडिसिन टेक्नोलोजिस्ट पदमा कर्मचारी माग गरेको छ।

अस्पतालले कात्तिक १० गते सूचना प्रकाशित गर्दै दुवै पदमा एक–एक जना कर्मचारी करार सेवामार्फत पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो।

न्यूक्लियर मेडिसिन फिजिसियन (नवौँ तह) का लागि न्यूक्लियर मेडिसिनमा एमडी उत्तीर्ण गरेको हुनुपर्नेछ भने न्यूक्लियर मेडिसिन टेक्नोलोजिस्ट (सातौँ तह) का लागि सम्बन्धित विषयमा बीएस्सी वा एमएस्सी उत्तीर्ण गरेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले एक हजार रुपैयाँ आवेदन दस्तुरसहित आवश्यक कागजात पेस गरी २०८३ कात्तिक १६ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।

फिजिसियन पदमा अन्तर्वार्ता तथा टेक्नोलोजिस्ट पदमा लिखित परीक्षा र अन्तर्वार्तामार्फत छनोट गरिने अस्पतालले जनाएको छ। छनोटसम्बन्धी सम्पर्क मिति कात्तिक १७ गते तोकिएको छ। थप जानकारीका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

bir-hospital-job-1793085287.JPG
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट