नेपाल हेल्थ न्युज, काठमाडौं। ‘गाभी, द भ्याक्सिन एलायन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप उपलब्ध गराउने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कूटनीतिक पहलमार्फत नेपालले नियमित खोप कार्यक्रमका लागि गाभीबाट उक्त सहयोग प्राप्त गर्ने जानकारी दिनुभएको हो।
यसैगरी, नेपालले फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर रकमसमेत गाभीले मिनाहा गर्ने भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ।
गाभीसँगको संवादबाट खोप सहायता रकमसम्बन्धी विषयमा सहजीकरण हुनुका साथै उक्त रकम मिनाहा हुने भएपछि नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको मन्त्री मेहताले बताउनुभएको छ।
नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्दै आएको छ। नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोग महत्त्वपूर्ण मानिन्छ।
गाभीबाट प्राप्त हुने खोप सहयोग र मिनाहा हुने रकमले नेपालको नियमित खोप कार्यक्रमलाई निरन्तरता दिन तथा खोप सेवाको व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३
