नेभिगेशन

चिकित्सा शिक्षा प्रवेश परीक्षा कात्तिक १४ देखि, १८ गतेसम्म सञ्चालन हुने

नेपाल हेल्थ न्युज, काठमाडौं। चिकित्सा शिक्षा आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि सञ्चालन हुने मेडिकल प्रवेश परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। निर्धारित तालिकाअनुसार आगामी कात्तिक १४ गतेदेखि १८ गतेसम्म विभिन्न संकायका प्रवेश परीक्षा सञ्चालन हुनेछन्।

आयोगले सार्वजनिक गरेको तालिकाअनुसार कात्तिक १४ गते एमबीबीएस र १५ गते बीडीएस कार्यक्रमको प्रवेश परीक्षा हुनेछ। त्यस्तै, कात्तिक १६ गते बीएस्सी नर्सिङ, बीएएसएलपी र बी परफ्युजन टेक्नोलोजी कार्यक्रमका परीक्षा सञ्चालन गरिनेछ।

यसैगरी, कात्तिक १७ गते बीएएमएस, बीएनएस, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बी फार्मेसी, अप्टोमेट्री र बीपीटी कार्यक्रमको प्रवेश परीक्षा हुनेछ। तालिकाको अन्तिम दिन कात्तिक १८ गते बीपीएच कार्यक्रमको परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ।

आयोगका अनुसार सबै कार्यक्रमका प्रवेश परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन्। प्रवेश परीक्षामा सहभागी हुने परीक्षार्थीलाई तोकिएको मिति र समयमा आवश्यक तयारीसहित उपस्थित हुन सम्बन्धित निकायले अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट