नेपाल हेल्थ न्युज, काठमाडौं। आज विश्व हात धुने दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। साबुनपानीले मिचिमिची हात धुने बानीको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
व्यक्तिगत सरसफाइमा ध्यान दिनु र नियमित रूपमा साबुनपानीले हात धुनु विभिन्न सङ्क्रमणजन्य रोगबाट बच्ने प्रभावकारी उपाय हो। विशेषगरी झाडापखाला, निमोनिया तथा अन्य सङ्क्रमणको जोखिम कम गर्न साबुनपानीले हात धुने बानीले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ।
खाना खानुअघि, खाना तयार गर्नुअघि, शौचालय प्रयोग गरेपछि तथा फोहोर वस्तु छोएपछि साबुनपानीले राम्रोसँग हात धुनु आवश्यक हुन्छ। हात धुने सही तरिका अपनाउन सकेमा व्यक्तिगत स्वास्थ्यको रक्षा गर्नुका साथै रोगको फैलावटसमेत कम गर्न सकिन्छ।
स्वस्थ जीवनशैली अपनाउन, सरसफाइप्रति सचेत रहन र सङ्क्रमणजन्य रोगबाट बच्न सबैले नियमित रूपमा साबुनपानीले हात धुने बानी विकास गर्न आवश्यक छ। व्यक्तिगत सरसफाइलाई प्राथमिकता दिँदै स्वस्थ समाज निर्माणमा योगदान पुर्याउनुपर्नेमा जोड दिइएको छ।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
