नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसले विभिन्न विशेषज्ञ चिकित्सकसहित प्रशासनिक तथा प्राविधिक कर्मचारीका लागि करार सेवामा नियुक्ति प्रक्रिया अघि बढाएको छ।
क्याम्पसको पदपूर्ति समितिले सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न विषयका उपप्राध्यापक, जनस्वास्थ्य अधिकृत र सूचना प्रविधि अधिकृत पदमा आवेदन माग गरिएको हो। नियुक्ति अवधि बढीमा एक वर्षको रहनेछ।
उपप्राध्यापकका लागि नेफ्रोलोजी, न्यूरोलोजी, अर्थोपेडिक्स, प्याथोलोजी, अप्थाल्मोलोजी, सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी, रेडियोलोजी, पिडियाट्रिक्स, ग्यास्ट्रोइन्टेरोलोजी, इमर्जेन्सी मेडिसिन, प्लास्टिक सर्जरीलगायत विभिन्न विशेषज्ञताका क्षेत्रमा अवसर खुलाइएको छ।
त्यसैगरी, जनस्वास्थ्य अधिकृत पदमा एक जना र सूचना प्रविधि अधिकृत पदमा एक जना कर्मचारी माग गरिएको छ। जनस्वास्थ्य अधिकृतका लागि सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरी अनुसन्धान वा तथ्याङ्क व्यवस्थापनमा कम्तीमा एक वर्षको अनुभव आवश्यक पर्नेछ। सूचना प्रविधि अधिकृतका लागि कम्प्युटर वा सूचना प्रविधिसम्बन्धी विषयमा स्नातक र कम्तीमा एक वर्षको कार्य अनुभव हुनुपर्नेछ।
उपप्राध्यापक पदमा आवेदन दिन सम्बन्धित विषयमा स्नातकोत्तर, डीएम, एमएच वा विद्यावारिधि उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। केही विशेषज्ञ पदका लागि अतिरिक्त फेलोसिप वा कार्य अनुभवसमेत आवश्यक पर्ने सूचनामा उल्लेख छ।
इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ। पदअनुसारको योग्यता, आवेदन प्रक्रिया तथा अन्य सर्तबारे विस्तृत जानकारी क्याम्पसका आधिकारिक वेबसाइटमा उपलब्ध छ।

वीर अस्पतालमा दुई पदमा कर्मचारी माग, कात्तिक १६ सम्म आवेदन दिन सकिने
मंगलबार, कात्तिक १०, २०८३
डब्लुएचओको क्षेत्रीय निर्देशकमा डा. संगीता मिश्रालाई उम्मेदवार बनाउने सरकारको निर्णय
मंगलबार, कात्तिक १०, २०८३
चिकित्सा शिक्षा प्रवेश परीक्षा कात्तिक १४ देखि, १८ गतेसम्म सञ्चालन हुने
मंगलबार, कात्तिक १०, २०८३
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
