नेपाल हेल्थ न्युज, हेटौँडा। बागमती प्रदेशकी स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको सरुवा भएको छ । गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।
डा. गौतमको सरुवा भए पनि उहाँको स्थानमा हालसम्म नयाँ सचिव नियुक्त भएको छैन । बागमती प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी कसलाई दिइने भन्ने विषयमा निर्णय हुन बाँकी छ ।
स्त्रीरोग विशेषज्ञ रहनुभएकी डा. गौतम संघअन्तर्गतको दरबन्दीमा कार्यरत हुनुहुन्थ्यो । उहाँ २०८१ पुस ११ गतेदेखि बागमती प्रदेशको स्वास्थ्य सचिवका रूपमा हेटौँडामा कार्यरत रहँदै आउनुभएको थियो ।
हाल बागमती प्रदेशमा स्वास्थ्य सेवाको एघारौँ तहमा छ जना अधिकृत कार्यरत हुनुहुन्छ । उहाँहरूले आफूहरूमध्येबाटै प्रदेशको स्वास्थ्य सचिव नियुक्त गरिनुपर्ने माग गर्दै आउनुभएको छ । प्रदेशमै कार्यरत अधिकृतहरूलाई नेतृत्वको अवसर दिनुपर्ने उहाँहरूको माग छ ।
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३
तीन मेडिकल अधिकृतलाई तीन दिनभित्र हाजिर हुन अल्टिमेटम
बुधबार, कात्तिक ११, २०८३
