नेभिगेशन

यसरी मेडिकल प्रयोगशालालाई बनाउन सक्छौं प्राविधिक गुणस्तर

[caption id="attachment_1135" align="alignright" width="537"] डा. बिश्व श्रेष्ठ , कन्सल्टेन्ट प्याथोलोजिष्ट[/caption] डा.  श्रेष्ठ (एमडी) सिद्धि पोलि प्याथ ल्यावको प्रबन्ध निर्देशक हुनुहुन्छ । काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरी कस्तुर्वा मेडिकल कलेज मनिपालबाट प्याथोलोजीमा एमडी गर्नुभएका डा. श्रेष्ठ विगत ४ वर्षभन्दा बढी समयदेखि सिद्धि पोलि प्याथ ल्यावमा कार्यरत हुनुहुन्छ । ISO 15189 : 2012  के हो ? ISO 15189 : 2012 मेडिकल टेस्टिङ प्रयोगशालालाई मात्र दिइने एक्रिडिटेशन हो । क्ष्क्इ ज्ञछज्ञडढ स् द्दण्ज्ञद्द ले प्रयोगशालाको प्राविधिक क्षमता तथा गुणस्तर व्यवस्थापन दर्शाउँदछ । गुणस्तरीय रिपोर्ट दिने मेडिकल प्रयोगशाला कस्तो हुनुपर्छ ? - प्रयोगशालामा काम गर्ने जनशक्तिको योग्यता, अनुभव र विषयगत आवश्यक तालिम समयसापेक्ष दिने व्यवस्था भएको हुनपर्छ । - प्रयोगशालामा प्रयोग हुने यन्त्रहरु गुणस्तरीय हुनुपर्छ र आवश्यक मर्मत तथा संभार दक्ष तथा तालिम प्राप्त Biomedical Engineer बाट preventive maintenance गर्ने गरिएको हुनुपर्दछ । - प्रयोगशालमा प्रयोग हुने रि—एजेन्टको गुणस्तर, मिति गुज्रिएको प्रयोग हुनु भएन र सहि तापमानमा राखिएको हुनुपर्छ । -हरेक टेस्टहरुको SOP (Standard Operating Procedure) हुनुपर्छ । - प्रयोगशालाको गुणस्तरसम्बन्धि निर्देशिका (Quality Manual) , प्रयोगशालमा सबैले देख्नेगरी राख्नुपर्छ । प्रयोगशालामा कार्यरत प्राविधिक जनशक्तिले सो पढेको बुझेको र कार्यन्वयन भएको हुनुपर्छ । -रगत तथा अन्य कुनै पनि Sample लिँदा, Sample collection SOP follow गर्नुपर्छ । - Internal Quality Control को लागि कुनै पनि टेस्ट गर्न अगावै , दैनिक Quality Control गर्नुपर्छ र सो को रिजल्ट पास भैसकेपछि मात्र बिरामीको Sample जाँच गर्नुपर्छ । - External Quality Control को लागि बिदेशबाट पठाएको unknown sample परिक्षणको रिपोर्टको तुलनात्मक अध्य्यन जाँच गर्नुपर्छ । साथै जिल्ला जनस्वास्थ्यबाट समय समयमा पठाइने नमुनाको परीक्षणमा सहभागी हुनुपर्दछ । - प्रयोगशालाबाट निस्कृत वस्तुहरुको सही व्यस्थापन हुनुपर्दछ । सो बाट कसैलाई पनि (Patient, Environment, Community) लाई नकारात्मक असर नपर्ने व्यवस्था भएको हुनुपर्दछ । - प्रयोगशालामा तोकिएको मापदण्ड अुनसार सफा तथा अनुकुल वातावरण राख्नुपर्दछ । -तोकिएको समयमा बिरामीलाई Accurate Report  उपलब्ध गराउनुपर्दछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ