काठमाडौं, नेपाल हेल्थ न्युज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
नगरपालिकामा १०–२० वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई दादुरा विरुद्धको खोप दिने योजना छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो।
डा. गौतमका अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हालै नगरपालिका–७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै, ५६ जना शङ्कास्पद बिरामीलाई निगरानीमा राखिएको छ।
उहाँले भन्नुभयो, “सङ्घ र प्रदेश कार्यालयबाट चिकित्सकसहितको टोली त्यहाँ पुगेर दादुरा नियन्त्रणका काममा लागिपरेको छ। यही फागुनको पहिलो साता भारतबाट आएका एक जना सङ्क्रमितले यस महामारीलाई स्थानीय तहमा सार्ने सम्भावना देखिएको हो।”
डा. गौतमले थप्नुभयो कि दादुरा अत्यन्तै सङ्क्रामक भएको कारण, एक सङ्क्रमितले १८ जनासम्म अन्यमा संक्रमण सार्न सक्छ। हाल १४ बिरामीका नमूनाहरू परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ भने त्यस्तै क्षेत्रका ३० जना बिरामी अस्पताल भर्ना भएका छन्।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
