नेपाल हेल्थ न्युज, जुम्ला । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिनदेखि एक्स–रे सेवा अवरुद्ध हुँदा उपचारका लागि आएका बिरामीहरू समस्यामा परेका छन्।
अस्पताल प्रशासनका अनुसार एक्स–रे मेसिनमा प्राविधिक समस्या देखिएपछि करिब पाँच दिनदेखि सेवा सञ्चालन हुन सकेको थिएन। उपकरण बिग्रिएपछि मर्मतका लागि काठमाडौं पठाइएको बताइएको छ।
निर्वाचनका कारण उपकरण मर्मत प्रक्रियामा केही ढिलाइ भएको प्रशासनले जनाएको छ। यसबीच एक्स–रे सेवा नपाउँदा अस्पताल आएका सेवाग्राहीहरू बाहिर निजी संस्थामा जाँच गराउन बाध्य भएका थिए।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक कमल थानीका अनुसार आजदेखि एक्स–रे सेवा पुनः नियमित रूपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ।
यसअघि पनि प्रतिष्ठानमा एक्स–रे र सिटीस्क्यान सेवा पटक–पटक अवरुद्ध हुने गरेको भन्दै स्थानीय स्तरमा आलोचना हुने गरेको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
