नेभिगेशन

के हो एक्जिमा ? के एक्जिमा निको हुदैन त ?

सामान्य शब्दमा एक्जिमा भनेको बाहिरि छालामा देखिने रोग हो । यसले गर्दा छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने , अलिअलि पानी बगिरहने, छाला कडा हुने जस्ता लक्षण देखिन्छ छाला पत्रपत्र हुने र चाम्रियर प्राय रातो हुने समस्या पनि देखिन्छ । विषेशगरि यो अवस्थालाई एटोपिक डर्माटाइटिस पनि भनिन्छ । एक्जिमा छालामा लामो समयसम्म देखिने अवस्था हो जुन शिशु अवस्था देखि सुरु हुन्छ र बाल्यअवस्था सम्म रहन्छ । केहि ब्यक्तिले शिशुमै यो अवस्थदेखि पार पाउछन् भने केहि ब्यक्तिमा यो वयस्कसम्म पनि रहन्छ । एक्जिमाका प्रकारहरु एलर्जीक  कनट्याक्ट एक्जिमा कुनै बस्तु सँग छाला सम्पर्कमा आए लगत्तै प्रतिरक्षा प्रणालीले यो बाहिरी बस्तु भनेर चिन्छ र प्रतिक्रिया दिन्छ । कनट्याक्ट एक्जिमा जव छालामा कुनै एलर्जी गराउने बस्तु सम्पर्कमा आउछ तब छालाले स्थानीय प्रतिक्रिया दिन्छ । डिसहाइड्रियोटिक एक्जिमा हत्केला र पैतालको छालामा जलन हुनु र फोका आउनु । न्युरोडर्माटाइटिस टाउको, पाखुरा, नारी, खुट्टाको तल्लो भाग चिलाउनु र छालामा हुने लेघ्रा जस्तो दाग देखिनु । नम्मूलर एक्जिमा छालामा जलन भएर गोलो दाग बस्नु र सो भागमा चिलाउने लेघ्रा पर्नु र छाला कठोर हुदै जानु । सेबोरिक डर्माटाइटिस शिशु र अनुहारको छालामा हुने चिल्लो पत्रपत्र हुने पहेलो दाग देखिनु । स्टाटिस डर्माटाइटिस रक्तसञ्चार सँग सम्बन्धीत समस्याले घुँडाभन्दा तल्लो भागमा जलन हुनु एक्जिमाका कारणहरु -छालामा प्रतिरोध क्षमताको कमि हुनाले -छालामा एलर्जी प्रतिक्रियाको क्रमहिनताले -छाला रोगबाट प्रभावित बिरामीहरुमा संक्रमण हुने, जलन हुने र एलर्जी गराउने पदार्थको प्रवेश गर्नाले के एक्जिमा वंशाणुगत हो ? हो, एक्जिमाको साथै दम र घासे ज्वरो वंशाणुगत रुपमा सर्ने गर्दछ । यदि आमा बुबा दुबैमा एक्जिमा, दम र घासे ज्वरो छ भने बच्चामा यो रोग सर्ने सम्भावना धेरै हुन्छ । एक्जिमा भएका एक तिहाई बालबच्चाहरुमा दम र घासे ज्वरो पनि देखा पर्दछ भने एक्जिमाले महिला पुरुष दुवैलाई बराबर असर गर्छ । एक्जिमाका लक्षणहरु एक्जिमा जन्मेको पहिलो महिनाबाटै सुरु हुन सक्छ वा वयस्कमा पहिलो पहिलो पटक देखा पर्न सक्छ । यसको मुख्य लक्षण चिलोउने हो । एक्जिमा हुँदा छालामा चिलाउने बढेर निन्द्रमा समेत बाधा पुग्न सक्छ साथै थकावट र रिस उठ्ने पनि हुन्छ । जसले पारिवारिक जीवनमा ठुलो असर पर्न सक्छ । एक्जिमा के जस्तो देखिन्छ ? एक्जिमाले शरीरको जुनै भागमा पनि असर गर्न सक्छ । तर प्रायजसो अनुहारको छाला, कुहिनाको जोर्नी, घँुडा साथै नाडी र घाँटीमा बढि असर गर्छ । हात खुट्टामा सिक्का आकारको दाग बस्नु, प्रभावित छाला प्राय रातो, सुख्खा र चिलाएको दाग (रगतसँगै) बस्नु हो । एक्जिमा क्रियशिल भएको बेला प्रभावित छाला भिजेको जस्तो हुन्छ र विस्तारै थोपा थोपा पानी बगिरहन्छ विशेषगरि हात र खुट्टा । एकै ठाउमा कनाइरहदा छाला बाक्लो हुन्छ र यसले छालामाm चिलाउने अझै बढाउछ । कुनै बेला प्रभावित छालाको रंग कालो वा हल्का भएर पनि आउछ । एक्जिमालाई के ले अझै उग्र बनाउछ ? वतावरणिय कारण जस्तै ताप, धुलो, उन, घरपालुवा जनावर र जलाउने बस्तु जस्तै सावुन, डिर्टजेन्ट बिसन्चो भएको बेला, जस्तै चिसो लागेको बेला एक्जिमा अझै सक्रिय हुन्छ । जीवाणु भाइरसले सताएको बेला एक्जिमा अझै नराम्रो हुन्छ । जीवाणु संक्रमणले प्रभावित छाला पहेंलो चाम्रो र पोल्ने हुन्छ । दुःखाई एक्कासि बढ्छ र पानी बग्न थाल्छ । -छालामा सुख्खापन हुँदा -बच्चामा दात आउँदा -केहि ब्यक्तिमा खानाको एलर्जीले पनि एक्जिमालाई बढावा दिन्छ । -तनावले पनि एक्जिमालाई उग्र बनाउन सक्छ । के एक्जिमा निको हुन्छ ? यो निको हुदैँन तर धेरै तरिकाबाट यसलाई नियन्त्रण गर्न सकिन्छ । ठुला भएका अधिकांश बालबालिकाहरु जति ठुलो हँुदै जान्छन एक्जिमा त्यति सुधार हुँदै जान्छ । ( ६० प्रतिशत मा किशोर अवस्था सम्म पुरै निको भएर जान्छ ) तैपनि धेरैमा जारी नै रहन्छ । यस्तै अवस्थामा छाला सुख्खा हुने र चिलाउने कुराहरु जस्तै सावुन र फिँजबाट नुहाउनबाट टाढा रहनुपर्छ । केहि मानिसको कार्यृ चिलाउने खालकोृ सँग सम्वन्धीत हुन्छ जसले एक्जिमालाई अझै बढाउछ । उदाहरणको लागि खानपान, कपालको शृङ्गार, सफाइ या स्वस्थ्य सम्बन्धी कार्य । एक्जिमा भएको अवस्थामा यि कार्यबाट टाढै बस्नुपर्छ । एक्जिमाको उपचार कसरि हुन्छ ? टोपिकल भनेको छालाको सतहमा लगाउनु हो । धेरैजसो एक्जिमामा टोपिकल औषधी लगाइन्छ । यद्यपी कुनै गम्भिर प्रकारको एक्जिमाको लागि औषधी नै सेवन गर्नुपर्छ । एक्जिमाको उपचार चिकित्शककै निर्देशणमा गर्नुपर्छ । केहि बैकल्पिक उपचारहरु निम्न छन: -ओसिलो पार्ने क्रिम (इमोलिएन्टस्) -छालाको सतहमा स्टेरोइड क्रिम वा लेप लगाउने -एन्टिबायोटिक्स र एन्टिसेप्टीक्स -टोपिकल इम्यूनोसप्रिस्यान्टस् -एन्टीहिस्टामिन -पट्टि बाढ्नु -एलर्जी गराउने कुराहरुबाट टाढा रहनु आत्म हेरचाह (म के गर्न सक्छु ? -सम्भव भएसम्म तपाईको छालालाई कम्तिमा पनि दिनको २–३ पटकसम्म ओसिलो राख्न क्रिम मोइस्चराइज सबैभन्दा राम्रो मानिन्छ । -साबुनको सट्टा मोइस्चराइजले धुनुहोस् । सावुन, फिँजबाट नुहाउने, जेल र डिटजेन्टबाट टाढा बस्नुहोस । -घरको काम गर्दा जलन हुने कुरा सम्पर्कमा आएमा हातको सुरक्षाको लागि पञ्जाको प्रयोग गर्ने -नुहाइसकेपछि सुख्खा पारेर मोइचराइजर लगाउनुहोस् । -नकन्याउनुहोस । कन्याउदा एकछिनको लागि मात्र जाती हुन्छ तर लामो समय यसले तपाइको छालालाई अझ चिलाउने बनाउछ -छालामा मोइस्चर लगाउनुहोस । -चिसो लागको ब्यक्तिबाट टाढै बस्नुहोस, एक्जिमा भएको ब्यक्तिमा यो सजिलै सर्न सक्छ र यसले अझै गंभिर रुप लिन सक्छ । -एलर्जी हुने कुनै पनि जनावर घरमा नपाल्नुहोस । चिसो बनाइरहनुहोस , धेरै तातोले एक्जिमामा अझै चिलाउँछ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्